बैशाख १३, २०८१ बिहीबार

झापा बार एशोसिएशन अध्यक्षमा हरि अधिकारी

झापा । नेपाल बार एशोसिएशन झापाको अध्यक्षमा हरि अधिकारी सर्वसम्मत चयन भएका छन् । बारको आज चन्द्रगढीमा सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा कमल आचार्य, सचिवमा हेमकला कट्टेल, सहसचिवमा देवीकुमार निरौला र कोषाध्यक्षमा खगेन्द्र खरेल निर्विरोध चयन भएका हुन् ।

आगामी दुई वर्षे कार्यकालका लागि गठित समितिको सदस्यमा ज्ञानेन्द्रबहादुर कार्की, यज्ञलक्ष्मी चौलागाई, चेतनाथ आचार्य, लेखनाथ निरौला, मोहनकुमार अधिकारी, विजय ढुङ्गाना, तारादेवी बाराकोटी र उमाकान्त पोखरेललाई चयन गरिएको निर्वाचन समितिका संयोजक सुरज खत्रीले जानकारी दिए।

त्यसैगरी, रामबहादुर थापा, सुरेशकुमार पोखरेल, प्रेमप्रसाद विमिली, बेनुप्रसाद सिटौला, नारायणप्रसाद चौलागाई, असारुलाल राजवंशी र डमरबहादुर कार्र्कीलाई केन्द्रीय पार्षद्मा छनोट गरिएको निर्वाचन समितिले जनाएको छ । झापा बारमा प्रजातान्त्रिक कानून व्यवसायी र प्रगतिशील कानून व्यवसायीबीच आलोपालोको पद्धतिबाट सहमतिमा कार्य समिति चयन गर्ने परम्परा छ । सोहीअनुरुप नै यस वर्ष पनि समिति चयन गरिएको संयोजक खत्रीले बताए । अध्यक्ष अधिकारी प्रजातान्त्रिक कानून व्यवसायीको रुपमा चिनिन्छन् ।

प्रकाशित मिति : माघ ३०, २०७७ शुक्रबार  ४ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]