बैशाख १४, २०८१ शुक्रबार

एनएमसी हाजिरीजवाफ : उपाधि शिवसताक्षीलाई

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को बित्तीय साक्षरता उपसिमितिले आयोजना गरेको कर्मचारीस्तरीय हाजिरीजवाफ प्रतियोगिता शनिबार शनिश्चरेमा सम्पन्न भएको छ ।

लगातार दोस्रो पटक उपाधि जित्दै संस्थाको शिवसताक्षी क्षेत्रले नगद १० हजारसहित प्रमाणपत्र हात पा¥यो । दोस्रो हुने प्रधान कार्यालय कर्पोरेट र तेस्रो हुने कनकाई क्षेत्रले क्रमशः ८ हजार र ६ हजारसहित प्रमाणपत्र गरे ।

शनिश्चरेमा रहेको संस्थाको आफ्नै भवनमा भएको प्रतियोगितामा ६ वटा क्षेत्रीय कार्यालय र प्रधान कार्यालय कर्पोरेट गरी ७ वटा टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको सुरुवात परिचयात्मक कार्यक्रमबाट भएको थियो । संस्थाको सञ्चालक समितिका अध्यक्ष रामचन्द्र उप्रेती, उपाध्यक्ष भगवती घिमिरे, संस्थाको प्रमुख कार्याकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती, बैंकिङ व्यवसाय उपसमिति सदस्य सुर्यप्रसाद मैनाली, महिला सशक्तिकरण उपसमिति सदस्य मुना कुइकेल, लगायतको विशेष उपस्थिती रहेको थियो ।

बित्तीय साक्षरता उपसमिति संयोजक गोपालप्रसाद प्याकुरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपसमिति सदस्य मैया प्रधानले स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो ।

त्यस्तै उपसमिति सदस्य दिपक दाहाल र कमलप्रसाद पाठकले प्रतियोगिलाई प्रश्न सोध्नु भएको थियो भने कार्यक्रमको सञ्चालन एनएमसी अजुर्नधारा क्षेत्रीय कार्यालयका कार्यालय प्रमुख बासुदेव खतिवडाले गर्नुभएको थियो ।

प्रकाशित मिति : फाल्गुन २, २०७७ आईतबार  १ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]