जेष्ठ ९, २०८१ बुधबार

अर्काको श्रीमतिमाथि प्रहरीको गिद्धे नजर

भद्रपुर । कैदीबन्दी भेटन आउने महिलाहरुलाई कारागारमा सुरक्षार्थ खटिएका प्रहरीले गलत नजरले हेरी पीडा थप्ने काम गरेको गुनासो गरेका छन् । भद्रपुरस्थित झापा कारागारमा थुनुवा तथा कैद भूक्तान गरिरहेका व्यक्तिलाई भेटन आउने आफन्त तथा पत्नीमाथि गिद्धे नजरले हेर्ने गरेको महिलाहरुको आरोप छ ।


कारागारमा खटिएका सई नरेश आचार्यले जाने र फर्किने महिलाहरुलाई रोकेर अनेकथरी व्यक्तिगत तथा पारिवारिक विवरण सोधेर सम्पर्क नम्बर समेत लिने गरेको पीडित महिलाले बताएका छन् । कारागारको मुल गेटमा नाम दर्ता गराउदा मोवाइल नम्बर र नाम समेत उल्लेख गर्ने नियम रहेको छ ।

सोही विवरणको आधारमा आफन्तलाई भेटेर वाहिर निस्किएका महिलालाई बारम्बार फोन गरेर अनावश्यक कुरा गरी मानसिक पीडा दिने गरेको ती महिलाहरुले गुनासो गरे । ‘जेलमा श्रीमान छ भन्दैमा हामीमाथि प्रहरीको गलत नजर लगाउने, हामी माथि नजर लगायो ।’– एक महिलाले भनिन् ।

जेलमा रहेका श्रीमानलाई खानालगायत अन्य कानूनले दिने सामग्री लिएर जादा गुणस्तर सामान प्रहरीले झिक्ने गरेको पनि उनीहरुले बताए । फेरि आउँदा मेरो लागि सामान लिएर आउनु भन्दै माग गरेको भेट्न आउने आफन्तहरुको गुनासो छ । ‘शुरु– शुरुमा राम्रै कुराहरु सोध्नु हून्थ्यो, म पनि भन्थे, श्रीमानलाई अप्ठ्यारो परेमा सहयोग गर्दिनु है जस्ता गफ हुन्थे, पछि त सई सापको नियत अर्कैं रहेछ ।’– अर्की महिलाले भनिन् ।


केही दिन अघि शनिबार विहानै हवल्दार राजकुमार यादव मार्फत एनसेल नम्बरबाट कल गर्न लगाएर ‘सई सापले तपाईसँग भेटेर विर्तामोड डुल्न जाउ भनेको पीडित महिलाले बताइन् । त्यस्तो कुरा गरेपछि आइन्दा देखि मलाई फोन नगर्नु भनेर हवल्दारलाई गाली गरे–उनले भनिन ।
कारागारमा प्रहरीले गरेको अभद्र कार्यशैलीका बारेमा कुनै जानकारी नआएको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए । पीडित महिलाले कार्यालयमा आएर जानकारी गराए आफुलाई कारबाही गर्न सजिलो हुने उनको भनाइ छ ।


यता, आरोपी आचार्यले भने आफुलाई महिलाहरुले गलत आरोप लगाएको बताएका छन् । आफुले आफ्नो ड्युटी पुरा गरेको हो । मेरो त्यस्तो कुनै नियत नभएको बताएका छन् ।

प्रकाशित मिति : असार १८, २०७६ बुधबार  ६ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]