बैशाख १३, २०८१ बिहीबार

कृषि बजार नगरकै मातहतमा ल्याउनुपर्छ

सम्पादकीय

संघीय सरकारको मातहतमा रहेको बिर्तामोडको कृषि बजार नगरकै मातहतमा ल्याउन फेरि बहस शुरु भएको छ । झण्डै एक दशकपछि बजारको व्यवस्थापन निर्वाचित भएको छ । नयाँ व्यवस्थापन समिति आएसँगै बजारलाई नगरको मातहतमा राख्ने कि केन्द्र सरकार कै मातहतमा राख्ने भन्ने विषयले प्रवेश पाएको छ । शनिवार एक कार्यक्रममा नगर प्रमुख धु्रव कुमार शिवाकोटीले कृषि बजारलाई नगरकै मातहतमा ल्याउने जानकारी गराए । उनले नगर प्रमुखको जिम्मेवारी सम्हाले पछि बजारलाई नगरकै मातहतमा ल्याउन केन्द्र सरकारसँग पहल गर्दै आएका छन् ।

कृषि बजारको चहाना केन्द्र सरकारकै मातहतमा रहने बुझिन्छ । व्यापारीका अगुवा स्थानीय सरकारको मातहतमा ल्याउन चहादैनन् । भर्खरै , नयाँ व्यवस्थापन समितिले कृषि बजारलाई नगरको मातहतमा नल्याउन सम्बन्धित मन्त्रालयलाई सचेत समेत गराएको जानकारी प्राप्त भएको छ । व्यापारी किन रोक्न खोजिरहेका छन् ? त्यसमा समितिको साथ अकास्मात कसरी हावी भयो ? यो गम्भीर विषय बनिरहेको छ । कृषि बजारको अस्तव्यस्तता र त्यहाँभित्रको व्यापक विकृति केन्द्र सरकारकै मातहतमा रह्यो भने अन्त्य हुन सक्दैन ।

नयाँ व्यवस्थापन समिति र व्यापारीले नगरको मातहतमा ल्याउन पहल गर्नुपर्छ । नगरको मातहतमा ल्याउन पहल नगर्ने हो भने त्यहाँभित्रको विकास संभव देखिदैन । व्यापारीबाट उपभोक्ता सधैं पीडित हुनेछन् । संघीय संरचना बनिसकेको मुलुकमा स्थानीय बजारलाई केन्द्रमा रहन दिनुपर्छ भन्ने मान्यता कदापि जायज छैन । यसैले बिर्तामोड नगरपालिकाले बजारलाई आफ्नै मातहतमा ल्याउनै पर्छ । नगरको मातहतमा रहेको बुधबारे बजारको हालत देखाउँदै व्यापारीले कृषि बजारको पनि उस्तै अवस्था हुने तर्क गर्दै आएका छन् । सो बजार पाँच दशकअघि देखि तत्कालिन अनारमनी नगरउन्मुख गाविसको मातहतमा थियो । त्यसको पुननिर्माणमा नगर जुटिसकेको छ । नगरले अब बुधबारे बजारलाई पक्कै व्यवस्थित बनाउने कुरामा विश्वास गरौं । व्यापारी र ‘अतिक्रमण’ गर्नेहरुबाट बजारलाई मुक्त बनाऔं ।

प्रकाशित मिति : फाल्गुन ३, २०७७ सोमबार  ९ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]