चैत्र १६, २०८० शुक्रबार

कांग्रेस रोक्ने , नेकपा ‘ब्रेक’ गर्ने योजनामा

बिर्तामोड । आसन्न विर्तामोड उधोग वाणिज्य संघको निर्वाचनका लागि उम्मेद्वारी घोषणा अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वेग्लावेग्लै प्यानल बनाएर चुनावमा सहभागी बन्ने निश्चित भएको छ । दलीय दवावका कारण दुई प्यानल निर्वाचनमा होमिएका छन् ।

नेकपाले राप्रपासँग तालमेल गरेर निर्वाचनमा सहभागी बन्दैछ । नेकपालाई फेरि पनि संघको नेतृत्वमा रोक्ने कांग्रेसको दाउ चलिरहेको छ । यता, कांग्रेसको इतिहास ब्रेक गर्ने नेकपाको आज नेकपाले नेतृत्व गरेको संयुक्त व्यवसायिक प्यानलले अध्यक्षमा सुवास भट्टराईको नेतृत्वमा उम्मेदवारी घोषणा गर्दैछ । सो प्यानलले २७ बुँदे प्रतिवद्धता समेत सार्वजनिक गरिसकेको छ । यस्तै, कांग्रेसले पनि आजै उम्मेद्वार घोषणा गर्ने कार्यक्रम रहेको छ ।

नेकपाभित्रको विभाजनको फाइदा उठाउन अर्को प्यानलले सोच बनाएको थियो । तर, नेकपाले साझा उम्मेद्वारको रुपमा भट्टराईलाई अध्यक्ष बनाएर जाने तयारी गरेको छ । भट्टराईको प्यानलले सम्पूर्ण उम्मेद्वार तय भएको जनाएको छ ।

कांग्रेसबाट नेतृत्वको उम्मेद्वारीमा धेरै जनाले आकांक्षा देखाए पछि सहमति जुटाउन सकिरहेको छैन । प्रकाश शिवाकोटी, प्रशान्त भण्डारी, पार्वता विमली, राजु न्यौपाने र बलराम कार्कीले अध्यक्षमा उम्मेद्वारी दिने बताइरहेका छन् । छ जनामध्ये शिवाकोटी र भण्डारीको चर्चा अन्य उम्मेद्वारको तुलनामा धेरै पाइएको छ । शिवाकोटी र भण्डारीले कुनै हालतमा नछोड्ने बताउँदै आएका छन् ।

कांग्रेसले उम्मेद्वार सिफारिसका लागि देउमान थेवेको नेतृत्वमा कार्यदल बनाएको थियो । समाचार तयार गर्दासम्म अध्यक्ष को हो भन्ने टुंङ्गिएको थिएन । थेवेले भने, हामी उम्मेद्वार घोषणाको अन्तिम चरणमा पुगेका छौं ।

संयुक्त प्यानलमा नेकपाका तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायण चिमरिया , वाणिज्य उपाध्यक्ष रामकृष्ण अधिकारी ,महिला उपाध्यक्षमा उर्मिला खरेल , महासचिव अर्जुन मैनाली ,उद्योग सचिव धनबहादुर डाँगी र कोषाध्यक्षमा दुर्गा थपलियाको उम्मेद्वारी रहने निश्चित भएको छ ।

सदस्यहरुमा विसन लिम्बू , गुन्जन प्रसाई , खगेन्द्र खरेल र भगिरथ लुइटेलले उम्मेद्वारी दिने निश्चित भएको बुझिएको छ । राप्रपाले उद्योग उपाध्यक्ष ,उद्योग सचिव , सहकोषाध्यक्ष , महिला सदस्य र दुई खुल्ला सदस्य राप्रपाले पाएको छ । उद्योग उपाध्यक्षमा प्रकाश घिमिरे, उद्योग सचिवमा कृष्ण पौडेल , सहकोषाध्यक्षमा रन्जु पयाकुरेल , महिला सदस्यमा सोनी अग्रवाल , खुल्ला सदस्यमा सूर्यकुमार खतिवडा र गोविन्द कार्कीको उम्मेद्वारी रहने तय भएको छ ।

प्रकाशित मिति : फाल्गुन ५, २०७७ बुधबार  ७ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]