बैशाख १४, २०८१ शुक्रबार

अब विर्तामोडका सवै वडामा स्वास्थ्य सेवा

विर्तामोड । बिर्तामोड–९ मा आधारभुत स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवा शुरु गरिएको छ । आज विहान एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य केन्द्रको उद्घाटन गरेपछि सेवा प्रारम्भ भएको हो । यसअघि सो वडाका नागरिक सामान्य स्वास्थ्य उपचारका लागि गरामनी जानुपर्ने बाध्यता थियो ।

आधारभुत स्वास्थ्य केन्द्रको प्रदेश १ का सांसद एकराज कार्की र विर्तामोडका नगर प्रमुख धु्रव कुमार शिवाकोटीले उद्घाटन गरेका छन् । यो सँगै नगरका सवै वडा आधारभुत स्वास्थ्यको पहुचमा पुगेका छन् । बिर्तामोड नगरपालिकाको वडा नं. ९ मा मात्र स्वास्थ्य केन्द्र स्थापना भएको थिए । सो केन्द्रको भवन निर्माणका लागि जग्गा प्राप्त भइसकेको छ ।

भाडामा सञ्चालित सवै स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि टेण्डर आव्हान भइसकेको प्रशासन प्रमुख देवराज कार्कीले जानकारी दिए । उनले नगरवासीले आधारभुत स्वास्थ्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको बताए ।

आधारभुत स्वास्थ्य केन्द्रमा खोप, पोषण, परिवार नियोजन, सुरक्षित मातृत्व कार्यक्रम, गर्भवती जाँच, क्षयरोज, कुष्ठरोग र प्राथमिक उपचार उपलब्ध हुने स्वास्थ्य शाखाका दिपक सापकोटाले जानकारी दिए । शाखा प्रमुख तुलसी पोखरेलले स्वागत गरेको कार्यक्रममा सांसद् कार्की, नगर प्रमुख शिवाकोटी, उपप्रमुख पवित्रा महतरा, प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षहरु लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संविधानले नागरिकको स्वास्थ्य अधिकारको व्यवस्था गरे अनुरुप स्वास्थ्य संस्था स्थापनको काम पुरा गरेको प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहालले बताए ।

प्रकाशित मिति : फाल्गुन ५, २०७७ बुधबार  १२ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]