चैत्र १६, २०८० शुक्रबार

घर हस्तान्तरणको प्रशंसा

सम्पादकीय

बिर्तामोड नगरपालिकाले झापा विद्रोहका योद्धा टंकप्रसाद चौधरीको लागि घर निर्माण गरिदियो । तत्कालिन शासकका विरुद्धमा बोलेकै आधारमा उनी ९ वर्ष ३ महिना जेल जीवन विताए । न्याय र समानताका लागि आवाज उठाउने चौधरी साढे ४ दशकदेखि घरबार विहीन थिए । भाडामा बस्दै आएका उनलाई नगरपालिकाले सधैंका लागि आवासको व्यवस्थापन गरिदिएको छ । नगरको यो कार्यप्रति चौतर्फी प्रशंसा पनि भएको छ । स्थानीय सरकार हुनुको नाताले बिर्तामोडले देखाएको सक्रियता उल्लेखनीय छ ।

टंकप्रसाद चौधरीलाई घर मात्र होइन, तत्काल आवश्यक वस्तु समेत नगरले उपलब्ध गराएको छ । नगर प्रमुख धु्रव कुमार शिवाकोटीले चाहेकै कारण चौधरीको जीवन अब भाडाबाट निजी घरमा परिणत भएको छ । नगरका अनेकौ कमिकमजोरीहरु छन्, हुन सक्छन् । तर, काम गर्ने मामिलामा विर्तामोड नगरपालिकाले फड्को मारेको छ । अहिले नगरले वास्तवमै सिंहदरवारको अनुभूति गराएको छ । गाउँगाउँमा सिंहदरवार भएर नोक्सान भयो भन्नेहरु पनि छन् । तर, चौधरी जस्ता घरवार विहीन, गरिव विपन्नका लागि स्थानीय सरकार सिंहदरवार बनेको छ ।

आलोचना गर्नेहरुको सीमा हुदैन । काम नै आलोचना र भ्रम छर्नेहरुले जस्तोसुकै पवित्र स्थललाई समेत अपवित्र बनाइदिन्छन् । पछिल्लो समय सरकारले केहि गरेन भन्ने गरेको सुनिन्छ । सरकारले केहि गरिरहेकै छ । अपेक्षा गरे अनुरुप पुरा भएका छैनन् होला । तर, काम नै नगरे भन्न पाइदैन । स्वास्थ्य , शिक्षाको क्षेत्रमा वर्तमान सरकार, स्थानीय सरकार असाध्यै सचेत भएको पाइन्छ । कृषि लगायत क्षेत्रको तीब्र विकासमा झापाका स्थानीय सरकारले उल्लेख्य काम गर्दै आएका छन् । यदि स्थानीय सरकारले काम गरेनन् भने काम गर्न खवरदारी गरौं । जनप्रतिनिधिलाई प्रोत्साहित गरौं ।

प्रकाशित मिति : फाल्गुन ६, २०७७ बिहीबार  ८ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]