बैशाख ८, २०८१ शनिबार

सन्दीप आइपीएलको छनोटमा असफल

सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने छनोटमा पर्न असफल भएका छन् । अक्सनमा लामिछाने ‘अनसोल्ड’ भएका हुन् । आइपीएलमा लामिछानेले आफ्नो न्यूनतम अनुबन्धित मूल्य ४० लाख भारतीय रुपैयाँ राखेका थिए ।

उनलाई अनुबन्ध गर्न आइपीएलको कुनै पनि टोलीले रुचि देखाएनन् । लामिछानेले पहिलो पटक सन् २०१८ मा दिल्लीबाट आइपीएल खेलेका थिए । उनी त्यो बेला रु ३२ लाखमा अनुबन्ध भएका थिए । सन् २०१९ र सन् २०२० मा  दिल्लीको टोलीमा रहनुभएका लामिछानेलाई फुकुवा गरेपछि उहाँ यस पटक अक्सनमा सहभागी भएका थिए ।

सन् २०१८ को आइपीएलमा लामिछानेले तीन खेलमा पाँच विकेट लिएका थिए । दोस्रो वर्ष सन् २०१९ को आइपिएलमा लामिछानेले छ खेलमा आठ विकेट लिएका थिए । तेस्रो वर्ष सन् २०२० को संस्करणमा भने उनलाई कुनै पनि खेलमा खेल्ने मौका दिइएको थिएन । 

प्रकाशित मिति : फाल्गुन ६, २०७७ बिहीबार  १० : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]