बैशाख ८, २०८१ शनिबार

आजदेखि भद्रपुरमा प्रथम मेयर कप टी–२० क्रिकेट

भद्रपुर । भद्रपुरमा प्रथम मेयर कप नगरस्तरीय टी–२० लिग क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुने भएको छ ।

७१ औं प्रजातन्त्र दिवसको अवसरमा सदरमुकाम भद्रपुर नगरपालिकाको मेची रङ्गशाला पहिलो पटक मेयर कप नगरस्तरीय टी–२० लीग क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने नाराकासाथ भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा नगर खेलकुद विकास समितिको क्रिकेट उपसमितिले उक्त प्रतियोगिता गर्न लागेको हो ।

समितिका संयोजक श्यामकुमार राउतले आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारीकाबारेमा जानकारी गराए । क्रिकेट खेलको बिकास र खेलाडीहरूको पहिचान गरी राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता गर्न लागेको उनले जानकारी दिए ।

प्रतियोगितामा विजेता टीमलाई नगद २० हजार र उपविजेता टीमलाई नगद १५ हजारसहित ट्रफी प्रदान गरिने समितिका सदस्य राजन भट्टराईले जानकारी दिए। त्यस्तै उत्कृष्ट बलर, उत्कृष्ट व्याट्स्मेन, म्यान अफ द म्याच, म्यान अफ द सिरिज हुने खेलाडीलाई पनि पुरस्कृत गरिने जनाइएको छ ।

प्रतियोगिता आइसिसीको नियम अनुसार एक दिनमा दुई वटा मात्र खेल खेलाइने आयोजकले जनाएको छ । भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले संघीयता पश्चात् पहिलो पटक नगरमा मेयर कप क्रिकेट प्रतियोगिता हुन लागेको बताए ।

प्रकाशित मिति : फाल्गुन ७, २०७७ शुक्रबार  ६ : २२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]