बैशाख ६, २०८१ बिहीबार

नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ४७ औं साधारण सभा सम्पन्न

दुहागढी  । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ४७ औं साधारण सभा शनिवार सम्पन्न भएको छ । स्वयंभूलाल श्रेष्ठ स्मृति सभाकक्ष भद्रपुरमा सम्पन्न सभामा शाखाका मन्त्री चन्द्रप्रसाद चुडालले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष हेम खडका र आन्तरिक लेखा समितिका संयोजक मनोज अग्रवालले आर्थिक प्रतिवेदन   प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वार्षिक गतिविधिका आधारमा उत्कृष्ठ उपशाखाको रुपमा प्रथम हुने भद्रपुर र लखनपुर उपशाखा, दोश्रो वाह्रदशी र वुद्धशान्ति उपशाखा, र तेश्रो हुने वाहुण्डाँगी र शरणामती उपशाखालाई नगद र प्रशंसापत्र वाट सम्मान गरिएको थियो । सोहि कार्यक्रमका विच यस वर्ष संस्थागत रुपमा सवैभन्दा वढी रक्तदान गर्ने संस्थाहरु क्रमश रोटरी क्लव अफ भद्रपुर, भद्रपुर जेसीज, नेपाली काग्रेस झापा गाँउ समिति र सत्य साईकेन्द्र प्रदेश १ समितिलाई प्रशंसा पत्रवाट सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय कोषाध्यक्ष भक्त खवास र प्रमुख अतिथि तिम्सिनाले मन्तव्य राख्दै रेडक्रस झापा शाखाले गरेका गतिविधिहरुको प्रशंसा गरेका थिए । शाखाका सभापति लोकराज ढकालको सभापतित्व तथा उपमन्त्री विश्व थापाको सन्चालनमा सम्पन्न कार्यक्रममा स्वागत शाखाका सदस्य ओमप्रकाश गौतमले गरेका थिए । 

प्रकाशित मिति : फाल्गुन ८, २०७७ शनिबार  ७ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]