चैत्र १६, २०८० शुक्रबार

गुणस्तरीय इन्धन उपलब्ध गराउन निर्देशन

विर्तामोड । उधोग वाणिज्य तथा आपूर्ति राज्य मन्त्री विमला विकले गुणस्तरीय इन्धन उपलब्ध गराउन आग्रह गरेकी छन् । आइतवार नेपाल आयल निगम चारआलीको अनुगमन गर्दै उनले गुणस्तर र परिमाणमा कुनै सम्झौता नगर्न निर्देशन दिएकी छन् ।

आयल निगमको चारआली डिपोमा अनुगमनका क्रममा उनले त्यहाँको काम कारवाही र दैनिक सेवा प्रवाहका बारेमा रिपोटिङ लिएकी छन् । सेवा प्रवाहमा हुने गरेका कठिनाई बारे जानकारी लिदैं मन्त्रालयले शुरु गरेका योजना जानकारी दिइन् । उनले इन्धन आयातमा प्रयोग हुने ट्याङकरको सुरक्षाका बारेमा समेत चासो दिइन् । कार्यलय प्रमुख मनिष नेउपानेले इन्धन आयातमा सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए । उनले पाइपलाइनबाट आयात गरिने इन्धन भण्डारण निर्माण स्थल समेत अवलोकन गराएका छन् ।

२३ विगा १३ कठ्ठामा बन्न लागेको भण्डारण योजना बारेमा मन्त्री विकलाई अवगत गराएको नेउपानेले जानकारी दिए । साविक मेचीका ५४ वटा पम्पमा इन्धन आपूर्ति गर्दै आएको बताउँदै प्रमुख नेउपानेले सो डिपोबाट गुणस्तरीय इन्धन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
डिपो अनुगमनमा मन्त्री सहित जिसस प्रमुख सोमनाथ पोर्तेल पुगेका थिए ।

प्रकाशित मिति : फाल्गुन १०, २०७७ सोमबार  ८ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]