बैशाख १३, २०८१ बिहीबार

वडास्तरीय भलिबलको उपाधि न्युटन्स बिलाई

बिर्तामोड । वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि न्युटन्स मावि बि टिमले जितेको छ । सोमबार भएको प्रतियोगितामा न्युटन्स बिले न्युटन्स एलाई पराजित गर्दै उपाधि चुमेको हो । बिर्तामोड नगरपालिका वडा नम्बर ५ को वडा युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा ५ नम्बर वडाका चार टिम सहभागी रहेको समिति सचिव विशाल अग्रवालले जानकारी दिए ।

नगर खेलकुद विकास समितिका अध्यक्ष टिका संग्रौलाको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता समिति अध्यक्ष विशाल धिमालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम संयोजक भूपेन्द्र श्रेष्ठले स्वागत गरेका थिए । कार्यक्रममा प्रतियोगिताका विजेता र उपविजेता टिमलाई प्रमुख अतिथि संग्रौला, वडा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन, बास्केटबल संघ झापाका अध्यक्ष प्रकाश लिङदन लगायतले नगद तथा ट्रफी प्रदान गरेका थिए ।

समितिले फागुन अन्तिम साता वडास्तरीय बास्केटबल प्रतियोगिता आयोजना गर्ने छ भने चैत दोस्रो साता वडास्तरीय शारीरिक सुगठन प्रतियोगिता गरेर तीन महिने खेलकुदको समापन गरिने अग्रवालले बताए ।

प्रकाशित मिति : फाल्गुन १०, २०७७ सोमबार  १० : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]