बैशाख ८, २०८१ शनिबार

वाणिज्य संघको निर्वाचनमा उम्मेद्वारको विगत हेरौं

सम्पादकीय

विर्तामोड उधोग वाणिज्य संघको निर्वाचन नजिक आएको छ । हुलका हुल बाँधिएर उम्मेद्वारहरु भोग माग्दै गइरहेका छन् । उम्मेद्वारलाई भोट माग्न भ्याइनभ्याई छ । अधिकांश मतदाताले भोट माग्नेहरुलाई नाइ नास्ती गरेका छैनन् । मतदानको दिन मात्रै मतदाताले विवेक पु¥याउने हो । धेरै जसो मतदाता ‘जुन जोगी आए पनि कानै चिरेको’ भनिरहेका छन् । तर, यो वर्ष अवस्था त्यस्तो छैन । नयाँ अनुहार पनि वाणिज्य संघको निर्वाचनमा होमिएको छ । नयाँ अनुहार देखेर आशा गर्ने व्यवसायी पनि उत्तिकै छन् ।

विगतको निर्वाचनभन्दा यो वर्षको निर्वाचन पृथक छ । लामो समय वाणिज्य संघमा रहेका प्रकाश शिवाकोटी लोकतान्त्रिक प्यानल खडा गरेर मैदानमा उत्रिएका छन् । अर्का बौद्धिक एवम् सबैले क्षमतावान र सफल व्यवसायी मानिएका सुवास भट्टराई संयुक्त व्यवसायिक प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् । बिर्तामोड वाणिज्य संघमा वर्षौदेखि एउटै स्वाद् छ । यो वर्ष व्यवसायीले नयाँ स्वाद पनि लिन सक्ने पर्याप्त अनुमान गर्न सकिन्छ । संघमा रहेर पद् मात्रै ओगट्नेहरु पनि फेरि भोट माग्दैछन् । जसलाई व्यवसायीको विचमा रुचाइएको छैन ।

संघको निर्वाचनलाई सामान्य र जीतहारको रुपमा मात्र लिन हुदैन । यहाँको व्यवसायिक क्षेत्रको भविष्य वाणिज्य संघको काँधमा छ । बलवानलाई दिने हो वा बौद्धिकलाई मत दिने ,यो निर्णयको लागि मतदाताले स्वविवेक प्रयोग गर्नैपर्छ । संघमा बसेर राजनीतिक गर्नेलाई भन्दा पनि अब अनुहार हेर्न जरुरी छ । उम्मेद्वारको विगतलाई अनुहारबाट हेरौं । मुद्दा मामिलामा परेको, संघमा बसेर पनि विरालो सरह भूमिका देखाएको उम्मेद्वार अबको संघको आवश्यकता होइन । सधैं राजनीति मात्र हेर्ने हो भने संघको औचित्य छैन । उम्मेद्वारको विगत पनि हेरौं, वर्तमान पनि हेरौं । त्यसपछि मात्रै मतदान गरौं ।

प्रकाशित मिति : फाल्गुन १३, २०७७ बिहीबार  १ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]