बैशाख १३, २०८१ बिहीबार

निर्वाचन समितिको गम्भीर त्रुटि

सम्पादकीय

फागुन १६ गते मतदानको तयारी गरिरहेको विर्तामोड उधोग वाणिज्य संघको निर्वाचन समिति विरुद्ध मुद्धा परेपछि थप प्रक्रिया बारे अन्यौल शुरु भएको छ । निर्वाचन समिति विरुद्ध उम्मेद्वारले नै उच्च अदालत इलाममा मुद्धा दर्ता गराएको सार्वजनिक भइसकेको छ । बिर्तामोडमा लामो समयदेखि व्यापार व्यवसाय गर्दै सामाजिक संघ संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्ने उर्मिला देवी विमलीले उम्मेद्वारीको माग गर्दै मुद्दा दर्ता गरेकी छन् । उनले न्याय माग्नु स्वभाविक पनि छ । उनले आफुमाथि अन्याय भएको दावी गरिरहेकी छन् ।

विर्तामोड वाणिज्य संघमा निर्वाचन गराउन बनेको निर्वाचन समितिमा फागुन ६ गते १५ हजार रुपैयाँ तिरेर जनसम्पर्क उपाध्यक्ष पदमा दरखास्त दिइन् । उनलाई संघको विल नं. ९ मा रकम बुझेर रसित समेत उपलब्ध गराइयो । त्यति मात्र होइन, समितिले सार्वजनिक गरेको उम्मेद्वारी दर्ता भएको नामावलीमा विमलीको नाम समेत प्रकाशन गरियो । नाम सार्वजनिक हुँदासम्म कुनै समस्या थिएन । एक्कासी समितिले रित नपुगेको भन्ने सूचना जारी गरिदियो । त्यतिबेलासम्म निर्वाचन समितिले गल्ती गरिसकेको थियो ।

निर्वाचन समितिले तयार गरेको मापदण्ड अनुसार उम्मेद्वारी दर्ता गर्दा दुवै पक्षले ख्याल गर्नुपर्ने थियो । उम्मेद्वारी दिनेको फर्म नविकरण नभएको कारण उम्मेद्वारी दिन नमिल्ने पैसा बुझेर रसिद थमाइसकेपछि मात्रै समितिले थाहा पायो । प्रक्रियाका दृष्टिले निर्वाचन समिति त्यहाँ चुकेको छ । अर्कातिर नविकरण नभएको फर्मबाट उम्मेद्वारी दिनु पनि अर्को त्रुटि भएको छ । तर, उम्मेद्वारलाई शुरुआतमै जानकारी नदिएका कारण अर्को फर्मबाट उम्मेद्वारी स्वीकार गर्नुपर्छ । निर्वाचन समितिले यो मामिलामा गम्भीर त्रुटि गरेको छ । त्रुटिको बद्लामा उम्मेद्वारलाई सजाय दिन मिल्दैन । यस घटनालाई निर्वाचन समिति र वाणिज्य संघले समाधान खोज्नैपर्छ ।

प्रकाशित मिति : फाल्गुन १४, २०७७ शुक्रबार  ८ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]