चैत्र १५, २०८० बिहीबार

कोभिडका ८३ जना मृतक फेरि थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ बाट भएका मृतकको संख्या बिहीबार समेत संशोधन गरेको छ । यसअघि बुधबार मात्रै मन्त्रालयले ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’को अध्ययनपछिको सिफारिश बमोजिम ६१८ जना मृतक थपिएको जनाएको थियो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’ र इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रको सिफारिशमा बिहीबार समेत मृतकको संख्या संशोधन गरी ८३ जना थपिएको प्रष्ट्याउनुभयो । थपिएका मृतकसँगै नेपालमा कोभिड १९ को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ७६७ पुगेको छ । पछिल्लो दुई दिनमा मन्त्रालयको नियमित तथ्याङ्कभन्दा ७०१ जना मृतक थपिएका छन् ।

यसअघि गत् भदौ महिनामा कोभिड १९ बाट मृतकको तथ्याङ्कमा नेपाली सेना र स्वास्थ्य तथा जनसंख्या मन्त्रलायको तथ्याङ्क फरक आएपछि मन्त्रालयले अध्ययन गर्न समिति गठन गरेको थियो । उक्त समितिको अध्ययन र सिफारिशको आधारमा मृतकको संख्या थपिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभयो ।

प्रकाशित मिति : फाल्गुन १४, २०७७ शुक्रबार  ८ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]