बैशाख ८, २०८१ शनिबार

साइक्लिङको उपाधि केरुङले जिते

विर्तामोड । जेनियम साइक्लिङ च्यालेञ्ज प्रतियोगिताको उपाधि पाँचथरका निर्धल केरुङले जितेका छन् । चालिस किलोमिटरको प्रतियोगितामा केरुङले १ घण्टा २८ मिनेटमा पार गरेका थिए । विजेताले नगद ३५ हजारसहित ट्रफी र गिफ्टहेम्पर पाएका छन् ।

जेनियम युवा क्लब धुलाबारीले आयोजना गरेको साइक्लिङ प्रतियोगिताको दोस्रो उपाधि ताप्लेजुङका आशिस गुरुङले १ घण्टा ३६ मिनेट र तेस्रो उपाधि ताप्लेजुङका प्रविण राईले १ घण्टा ३८ मिनेटमा उक्त यात्रा पुरा गरेका थिए । उनीहरुले क्रमशः नगद ३० र २५ हजारसहित ट्रफी र गिफ्टहेम्पर पाएका छन् ।

त्यस्तै चौथो हुने सचिन रिमाललाई ३ हजार, पाँचौ हुने आकाश श्रेष्ठलाई २ हजार तथा छैटौँ हुने विष्णुकुमार राई, सातौँ हुने प्रसिद्ध बस्नेत, आठौँ सुदिपकुमार गडेरी, नवौँ युद्व राई र दशौँ हुने अजय राई (भूपु) लाई जनही एक हजार नगदसहित ट्रफी र गिफ्टहेम्परहरु प्रदान गरिएको क्लबका अध्यक्ष धनराज थापाले बताए ।

कार्यक्रमको उद्घाटन मेचीनगर–९ नम्बर वडाका वडाध्यक्ष गोपाल खड्का, १० नम्बर वडाका वडाध्यक्ष सुदय पनेरुले गरेका थिए । समापन कार्यक्रमको प्रमुख अतिथि १ नम्बर प्रदेश सभाका सदस्य गोपाल चन्द्र बुढाथोकी, क्लबका अध्यक्ष थापा, सल्लाहकार लक्ष्मी राई लगायतले विजेताहरुलाई पुरस्कार वितरणका साथै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : फाल्गुन १५, २०७७ शनिबार  ५ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]