चैत्र १६, २०८० शुक्रबार

प्रधानमन्त्रीद्वारा कमल खोलाको पुल उद्घाटन

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कमल गाउँपालिका वडा नं २ स्थित कमल खोलाको पक्की पुलको उद्घाटन गरेका छन् । गाउँपालिकाको क्याम्पा बजारबाट शिवसताक्षीको धरमपुर जोड्ने सो पुलको लम्बाइ १७० मिटर र चौडाइ ११ मिटर छ । सडक डिभिजन कार्यालय दमकले निर्माण गरेको सो पुलको ठेक्का मैनाचुली हिराचन अञ्जना जेभी काठमाडौँले रु १६ करोड ६२ लाख ६४ हजार ९७५ मा लिएको थियो । विसं २०७२ माघ ६ गते ठेक्का सम्झौता भएको सो पुल हालै निर्माण सम्पन्न भएको हो ।

झापाका चार पुलको उद्घाटनपछि प्रधानमन्त्री ओलीले चीन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका सचिवालय सदस्य होमबहादुर थापाले बताए  । प्रधानमन्त्री ओलीले आजै मदन भण्डारी लोकमार्गको निर्माण हुने ३१  पुलको एकैचोटि शिलान्यास गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : फाल्गुन १६, २०७७ आईतबार  १ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]