बैशाख ६, २०८१ बिहीबार

विएण्डसी अब चाँडै शिक्षण अस्पताल बन्नेछ : प्रधानमन्त्री ओली

विर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओली र संविधान सभा सदस्य सुवास नेम्वाङले संयुक्त रुपमा क्यान्सर अस्पतालको उद्घाटन गरेका हुन् ।

अस्पताल उद्घाटन पछि बोल्दै प्रधानमन्त्री ओलीले देशकै लागि क्यान्सर अस्पताल गौरवको विषय भएको बताए । उनले पूर्वाञ्चल क्यान्सर अस्पताल अत्याधुनिक अस्पताल भएकाले अब नोपलीलाई उपचारमा सहज भएको बताएका छन् । उनले नेपाल उपचारका लागि सस्तो हुने भन्दै पूर्वाञ्चल क्यान्सर अस्पतालबाट छिमेकी देश भारतका नागरिकलाई समेत उपचारमा सहज हुने बताए । नेपालीलाई त अब सहज भैगयो, यो अस्पतालको स्थापनाले भारतीयलाई समेत उपचारका लागि सहज हुन्छ, प्रधानमन्त्री ओलीले भने ।

उद्घाटनपछि देशमा विकासको लहर छाइरहेको भन्दै दुर्गा प्रसाई साहसी व्यक्ति भएको चर्चा गरे । प्रसाई साहसी व्यक्ति हुन्, उनले भने – उहाँले सयौंलाई रोजगारी र आम नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दछु । खुट्टा तान्नेहरुले तान्दै गरुन, विकास गर्न छोडिन्न भन्दै प्रधानमन्त्री ओलीले विएण्डसी अब अस्पताल मात्र होइन, शिक्षण अस्पताल चाँडै बन्ने बताएका छन् । उनले मेडिकल कलेजको लागि प्रक्रिया अघि बढिसकेको बताउँदै केहि समयमै शिक्षण अस्पताल बन्नेमा ढुक्क रहन आग्रह गरेका छन् ।

जनताले फेरि दुई तिहाइ मत दिने जिकिर

प्रधानमन्त्री ओलीले अर्को चुनावपछि फेरि दुई तिहाइ बहुमतका साथ सिंहदरबार पुग्ने बताएका छन् । सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापनाको निर्णय आफूलाई स्वीकार्य रहेको बताउँदै उनले अब हुने निर्वाचनमा जनताले फेरि दुई तिहाइ मत दिने जिकिर गरे ।
‘अदालतले प्रतिनिधिसभा ब्युँत्याउँदैमा के भयो, प्रधानमन्त्रीको हैसियतले अदालतको फैसला मान्ने हो,’ उनले भने,‘२३ गतेदेखि संसदको अधिवेशन सुरु हुँदैछ, प्रतिनिधिसभा चलाउन मेरो नकारात्मक भूमिका हुँदैन ।’ कसैले सक्छ भने प्रधानमन्त्रीबाट हटाउन उनले चुनौती पनि दिएका छन् ।
‘हटाउन सक्छ भने हटाओस्, तर सजिलो छैन,’ ओलीले भने,‘आउँदो चुनावमा फेरि दुई तिहाइका साथ सिंहदरबार फर्कन्छु ।’ कतिपयलाई अरुका लागि कम्फर्टेबल सरकार चाहिए पनि आफूलाई नेपाली जनताका लागि कम्फर्टेबल सरकार चाहिएको ओलीले बताए ।

प्रकाशित मिति : फाल्गुन १८, २०७७ मंगलबार  ४ : १८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]