जेष्ठ १९, २०८१ शनिबार

प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रधानमन्त्रीले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर आइतबार बिहान ११ बजेतिर खोप लगाएका हुन् ।

खोप लगाएर फर्कने क्रममा प्रधानमन्त्री ओलीले छोटो प्रतिक्रिया दिँदै आफूलाई कुनै समस्या नदेखिएको बताएका छन् । उनले खोप अभियानलाई सफल पार्न सबैलाई खोप लगाउन पनि आग्रह गरेका छन् । उनले खोप सुरक्षित भएकाले ढुक्कसँग खोप लगाउन समेत सबैलाई आग्रह गरे ।

‘मैले कोभिडको भ्याक्सिन लगाएँ, अहिले कुनै कम्प्लिकेसन छैन, सबैले खोप लगाएर खोप अभियानलाई सफल पारौं,’ प्रधानमन्त्री ओलीले भने ।

प्रकाशित मिति : फाल्गुन २३, २०७७ आईतबार  ११ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]