शिवसताक्षीमा राष्ट्रसेवक कर्मचारी कुटिए, दुई पक्राउ
झिलझिले, जेठ । झापाको शिवसताक्षीमा राष्ट्रसेवक कर्मचारी कुटिएका छन् । सेवाग्राहीले शिवसताक्षी नगरपालिकाका कर्मचारी नन्दि केशर भट्टराईलाई आफु अनुकुलको कागज तत्काल नमिलाईदिएको भन्दै कुटपिट गरेका हुन् । उनि वडा नम्बर एकका वडा सचिव हुन् ।
शिवसताक्षी नगरपालिका वडा नम्बर १ का वडा सचिव भट्टराई वडा कार्यालय परिसरमै पिटीएको घटनाका प्रत्यक्षदर्शीले बताए । उनिहरुले भने, ‘वडा सचिवलाई दुईजना सेवाग्राहीले मिलाई मिलाई पिटे ।’
ईलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीले वडा सचिव माथि आक्रमण गर्ने स्थानीय सोमनाथ बजगाई र निजका दाजु घनश्याम बजगाईंलाईे पक्राउ गरेको बताए । उनका अनुसार बिहीबार दिउँसो को यो घटनाको सूचना पाउने वित्तिकै उनिहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवै जनालाई सम्मानित झापा जिल्ला अदालतमा कारबाहीका लागि मुद्दा दर्ता गरेर थप अन्सन्धान गर्न इलाका प्रहरी कार्यालय झिलझिलेको हिरासतमा राखिएको छ ।
शिवसताक्षी नगरपालिकाका सहायक सूचना अधिकारी डिःल्ली नेपालले वडा कार्यालयको क्यान्टिनमा वडा सचिव भट्टराईमाथि टाउको, अनुहार, शरीरका विभिन्न भागमा मुक्का प्रहार गरेको बताए । कर्मचारी आक्रमण गर्नेलाई हदै सम्मको कारबाहीको माग गर्दे शिवसताक्षी नगरपालिकाका कर्मचारीले विज्ञप्ती मार्फत प्रशासन संग माग गरेका छन् ।
जन्मदर्ता सच्याउनका लागि बजगाई दाजुभाई वडा कार्यालयमा गएका थिए । आवेदकले नौ वर्ष अगाडि बनाएको जन्मदर्तामा बाबुको थरबाट जन्मदर्ता बनेको थियो । उक्त जन्म दर्ता तत्कालिन धरमपुर गाविस सचिव पुर्ण सम्सेर कुँवरले बनाइदिएका थिए ।
आवेदक बजगाईले अहिले आफ्ना नानीको जन्म दर्तामा आमाको थर पनि समावेस गर्न माग गर्दे निवेदन गरेका थिए । बजगाईकी श्रीमती कुईकेल हुन् । जन्म दर्तामा कुईँकेल थर समावेसका लागि बजगाईको वडा अध्यक्ष समक्ष निवेदन दिएका थिए । उक्त निवेदनमा वडा अध्यक्ष लक्ष्मी चेम्जोङ नियमानुसार जन्म दर्ता सच्याउन सचिव भट्टराईलाई तोक लगाएका थिए ।
वडा अध्यक्ष चेम्जोङले सच्याईदिनु भन्ने सचिवले नटेर्ने भन्दै बजगाई दाजुभाईले सचिव भट्टराई माथि मुक्का प्रहार गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जन्म दर्ता सच्याउन दर्ता भएको मितिले १ वर्षमा सच्याउन पाईने कानुनि प्रावधान छ । तर, ९ वर्ष अघिको काजगपत्र सच्याउन यतिवेला वडा सर्जमिन गर्नुपर्ने स्पष्ट व्यवस्था छ ।
कुटपिटबाट घाइते बनेका भट्टराईको झापाको बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।