बैशाख ८, २०८१ शनिबार

भद्रपुरमा कबड्डी प्रतियोगिता शुरु

गंगा बराल

भद्रपुर । ओझेलमा पर्दै गएको कबड्डी खेललाई प्रवद्र्धन गर्ने उद्देश्यले झापाको भद्रपुर नगरपालिकाले सोमबारदेखि कबड्डीको वडास्तरीय प्रतियोगिता सञ्चालन गरेको छ ।
भद्रपुर नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा प्रथम मेयर कप वडास्तरीय नकआउट कबड्डी प्रतियोगिता सञ्चालन गरेको हो ।

मेची रंगशालाको कभर्ड हलमा १ नं प्रदेशसभा सदस्य वसन्त बानियाँ र नगरप्रमुख जीवनकुमार श्रेष्ठले संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघ १ नं प्रदेश अध्यक्ष टिकाराज ढकाललगायत विभिन्न खेल विधाका प्रशिक्षकहरु समेतको सहभागिता रहेको थियो । प्रतियोगिताको पहिलो दिन पुरुष र महिलाका गरी ५ वटा खेल सम्पन्न भएको आयोजकले जनाएको छ ।

कबड्डी उपसमिति संयोजक रतिया राजबंशीले भद्रपुरको १० वटै वडाले सहभागिता जनाएको बताउँदै उहांले महिला तथा पुरुषको छुट्टाछुट्टै खेल संचालन भइरहेको जानकारी दिए ।
चैत १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः रु २० हजार, १० हजार र ५ हजार नगदसहित शील्ड, मेडल,र ट्रफी प्रदान गरिेने आयोजक समितिका संयोजक श्यामकुमार राउतले जानकारी दिए । प्रतियोगितामा महिला खेलाडीका लागि ७५ केजी र पुरुष खेलाडीका लागि ८० केजी सम्मको तौल निर्धारण गरिएको राजवंशीले बताए ।

प्रकाशित मिति : चैत्र ९, २०७७ सोमबार  ७ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]