बैशाख १२, २०८१ बुधबार

दूधेमा भेट्रान कप हुने

शिवसताक्षी । शिवसताक्षीको दूधेमा भेट्रान कप हुने भएको छ । निर्माणाधिन नगर स्तरीय दूधे रंगशालामा आगामी चैत्र २२ गतेदेखि २८ गतेसम्म प्रदेश नं. १ स्तरीय कर्णबहादुर स्मृति प्रथम भेट्रान कप हुने आयोजक दूधे भेट्रान क्लबले जानकारी गराएको हो ।

भेट्रान प्रतियोगितमा प्रथम हुने टिमले रु ५५ हजार र द्वितीय हुने टिमले रु ३१ हजारसहित मेडल, शिल्ड र प्रमाण पत्र प्राप्त गर्ने खेल आयोजक भेट्रानका अध्यक्ष सन्तोष थोप्राले बताए ।
प्रतियोगितमा धरान एफसी, इटहरी भेट्रान, विराटनर भेट्रान (सिएमजी), दमक लखनपुर भेट्रान, विर्तामोड भेट्रान, सुरुङ्गा भेट्रान, चन्द्रगढी भेट्रान, एभरेष्ट भेट्रान मोरङ्गगरी १० टिमले सहभागीता जनाउने छन् ।

खेलाडीले मेन अफ दी टुर्नामेन्ट ५ हजार, उत्कृष्ट विधातर्फ ३ हजार, मेन अफ दी म्याच १५ सय प्राप्त गर्ने अध्यक्ष थोप्राले जानकारी दिए ।

प्रतियोगिताको प्रथम र द्वितीय पुरस्कार स्व. कर्णबहादुर नेम्वाङ्गको परिवारले उपलब्ध गराउने स्व. कर्णबहादुरका छोरा सन्तोष नेम्वाङ्गले बताए । प्रतियोगितामा ८ लाख खर्च हुने बताइएको छ । अन्य रकमका लागि साथी भाईको सहयोग र विभिन्न कम्पनीहरुसँग स्पोन्सरका लागि कुरा भईरहेको खेल संयोजक सन्तोष थोप्राले बताए । उनले गएको वर्ष आयोजना गरिएको भेट्रान प्रतियोगिता कोरोना भाइसका कारण गर्न नसकिएको बताए ।

प्रकाशित मिति : चैत्र १०, २०७७ मंगलबार  ९ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]