बैशाख २४, २०८२ बुधबार

विश्वचर्चित खेलाडी नेयमारलाई कारबाही !

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्ट्राइकर नेयमारलाई कारबाही गर्ने भएको छ ।

सोमबारदेखि पीएसजीले प्रि–सिजनको अभ्यास थालेको थियो । तर चर्चित खेलाडी नेयमार भने उपस्थित हुन सकेनन् । प्रि–सिजनको पहिलो दिन नै अभ्यासमा उपस्थित नभएपछि क्लब नेयमारसँग रुष्ट बनेको छ ।


अभ्यासमा नआउने बारे नेयमारले क्लबमा कुनै जानकारी नगराएको भन्दै पीएसजी कारबाही गर्ने तयारीमा पुगेको बीबीसीले उल्लेख गरेको छ । पिएसजीका खेल निर्देशक लियोनार्दोले एक अन्तर्वार्तामा नेयमारले पिएसजी छोड्न सक्ने बताएका छन् । यद्यपि त्यसका लागि सवैलाई स्वीकार्य हुने प्रस्ताव चाहिने उनको भनाइ छ ।


नेयमार कोपा अमेरिका फुटबल सुरु हुनुभन्दा केही दिनअघि घाइते भएपछि ब्राजिलको टिममा पनि परेनन् । कहिले घाइते त कहिले विभिन्न लफडामा पर्ने गरेका नेयमारको पछिल्लो गतिविधिबाट क्लब रुष्ट हुदै आएको छ ।

पिएसजीले पछिल्लो वक्तव्य जारी गरेर भनेको छ, ‘नेयमार क्लबको अनुमति बिना उपस्थित भएनन् । यस्तो अवस्थाप्रति खेद व्यक्त गर्दछ ।’
दुई वर्षअघि नेयमार बार्सिलोनाबाट विश्व कीर्तिमानी मूल्यमा पिएसजीमा गएका थिए । नेयमारले पीएसजीका लागि ३७ खेलमा ३४ गोल गरेका छन् । तर हाल नेयमार पुनः बार्सिलोना फर्किन चाहेका समाचारहरु प्रकाशमा आइरहेका छन् ।

प्रकाशित मिति : असार २४, २०७६ मंगलबार  २ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]