बैशाख १४, २०८१ शुक्रबार

सामुदायिक वनका सचिबमाथि दुव्र्यवहार

दमक । सतासीधाम सामुदायिक बनका सचिव इन्द्र सापकोटामाथी झापाको झिलझिलेमा दुव्र्यवहार भएको छ । सार्वजनिक स्थानमा दुव्र्यवहार गरेको आरोपमा प्रहरीले शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का धनवहादुर राईलाई नियन्त्रणमा लिएको छ ।

झिलझिले बजारको पुरानो सब्जी लाईनमा ६४ वर्षीय सापकोटामाथी स्थानीय चौतारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका राईले नशाका सुरुमा दुव्र्यवहार गरेको सामुदायिक बनका अध्यक्ष हेमवहादुर थापाले बताए । उनले भने, ‘सार्वजनिक स्थानमा सामदायिक बनका सचिव सापकोटा माथि राईले मर्यादाको ख्यालै नगरी दुव्र्यवहार गरेका हुन् ।’

सामुदायिक बनको सल्लाहकार समितिको गठनका विषयमा राईले अध्यक्ष थापालाई जिज्ञासा राखेका थिए । अध्यक्ष थापाले आफु दुई साता अघि मात्र निर्वाचित भएर अध्यक्षको पदबहाली गरेको बताउदै सामुदायिक बनको बिधानमा भएको व्यवस्था आफुलाई जानकारी नभएको बताएका थिए ।

राई र म बीच बादबिवाद भएकै बेलामा सचिव सापकोटा आई पुगेपछि सचिवमाथि उनी आक्रोशित ढंगले खनिएको अध्यक्ष थापाले बताए । उनले बस भन्दै सचिव सापकोटालाई तानेको र उनी सवार मोटर साईकलको चावी खोसेको आफुले प्रत्यक्ष देखेको अध्यक्ष थापाले बताए । उनले भने ‘राईले आफु भन्दा करिव ३५ वर्ष जेठोको मर्यादाको ख्यालै नगरी सार्वजनिक स्थानमा दुव्र्यवहार गरेका हुन् ।’

आरोपित राईमाथि कानुनी कार्वाहिका लागि २ वटा निवेदन इलाका प्रहरी कार्यालय झिलझिलेमा आएको प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले बताए । पीडित र पीडक दुबै जना सहोदर छिमेकी भएको इलाका प्रहरी कार्यालय झिलझिलेले बताएको छ ।

यता, पीडित सापकोटाले आफुमाथि दुव्र्यवहार मात्र नगरेर राईले कुटपिट गरेको बताएका छन् । ‘उनी मातेका थिए । मातेका मानिससँग विवाद गर्नु बेकार भन्दै म सवार हुने मोटरसाईकल लिएर हिड्न खोज्दा कठालोमा समातेर मोटर साईकलको चावि खोस्दै म माथि कुटपिट गरे,’ उनले भने । ‘कुटपिटका कारण कानमा समस्या आएपछि विर्तामोडको विएण्डसी अस्पतालमा म उपचार गराउदै छु ।’

पीडित सापकोटाले ईलाका प्रहरी कार्यलय झिलझिलेमा दोषी राईलाई कानुनी कारवाहीका लागि निवेदन दिएका छन् । सामुदायिक बनले पनि सचिब माथि कुटपिट भएको भन्दै दोषी राईलाई कुटपिट र दुव्र्यवहार सम्बधीको कसुरमा कारवाही गर्न माग गरेको छ । यो कसुरमा पीडकलाई तीन वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : चैत्र १२, २०७७ बिहीबार  ८ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]