जेष्ठ १, २०८२ बुधबार

स्थानीय तह पुरस्कृतयोग्य हुनुपर्छ

सम्पादकीय

झापाको कनकाई नगरपालिका बुधबार काठमाडौंमा पुरस्कृत भयो । कनकाईको काम, कर्तव्यलाई मुल्याङ्कन गरेर नगरपालिका संघको वार्षिकोत्सवमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कृत गरेका छन् । वित्तीय अनुशासन, राजश्व परिचान र पूर्वाधार विकासमा लगानी विधामा कनकाई देशभरमै उत्कृष्ट भएको छ । यसरी देशभरबाट चार वटा स्थानीय पुरस्कृत भए । स्थानीय तह संविधानले व्यवस्था गरेको संरचना हो । यसको स्थापनाले नागरिकको सेवामा सहज पहुँच भएको छ ।

स्थानीय सरकार जनताको सबैभन्दा आवश्यक सरकार हो । जसका कारण गाउँगाउँमा सिंहदरवारको परिकल्पना गरिएको थियो । अहिले स्थानीय सरकारकै कारण विकासमा सहजता भएको छ । आम नागरिकले सबैजसो सेवा गाउँ मै पाउन थालेका छन् । संघीय नेपालको सवालमा शुरुआतमा विरोध भएको थियो । यसको औचित्यमाथि प्रश्न उठाइएको थियो । तर, यसले विस्तारै औचित्य पुष्टि गरिरहेको छ । आम नागरिकलाई सकेसम्म घरघरमै सेवा दिन पालिकहरु उद्दत छन् ।

देरभर रहेका स्थानीय तह सबै जनहितमा काम गर्न सकिरहेका छैनन् । जसरी कनकाई नगरपालिकाले काम गरिरहेको छ । जनप्रतिनिधिले जनमत पाए बमोजिम काम गर्न नसकेका कयौं उदाहरण पनि छन् । झापाका १५ पालिकामध्ये १/२ बाहेक सबैजसो पालिका जनताको काममा रचनात्मक भइ क्रियाशिल छन् । यसैले मुलुकमै उत्कृष्ट भएर अन्य पालिकाले पनि पुरस्कृत हुने गरी काम गर्न जरी छ । जनताको निम्ति विना स्वार्थ काम गर्ने हो भने पुरस्कृत हुन समस्या छैन । आम नागरिकको जीवनमा परिवर्तन ल्याउने गरी विकास निर्माणसँगै अन्य काममा लाग्ने हो भने सबैका सामु पुरस्कृत योग्य हुनेछन् ।

प्रकाशित मिति : चैत्र १३, २०७७ शुक्रबार  ११ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]