बैशाख २५, २०८१ मंगलबार

झापामा मास्क नलगाई हिडडुल गरे कारवाही

विर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले मास्क नलगाई हिडडुल गर्नेलाई कानुन बमोजिम कारवाही गर्ने भएको छ । एक सूचना जारी गर्दै प्रशासन कार्यालयले सार्वजनिक स्थानमा आवतजावत गर्दा स्वास्थ्य सुरक्षा मापदण्डको पालन नगर्ने तथा मास्क प्रयोग नगर्नेलाई कारवाही गर्ने जनाएको छ ।

कोभिड–१९ को संक्रमण बढ्दै गई रहेको र त्यसको प्रभाव जिल्लामा समेत बढ्न सक्ने भन्दै जिल्ला प्रशासनले सार्वजनिक स्थानमा भिडभाड नगर्न÷ नगराउन र होली पर्वमा समेत भिडभाड नगर्न आग्रह गरिएको छ । होली पर्वलाई प्रशासन कार्यालयले सामान्य रुपमा मनाउन आग्रह गर्दै अनिवार्य मास्क र सेनिटाइजर प्रयोग गर्न भनेको छ ।

प्रकाशित मिति : चैत्र १३, २०७७ शुक्रबार  ६ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]