जेष्ठ ६, २०८१ आईतबार

जिल्ला प्रशासन अगाडिका व्यापारीबाट सेवाग्राही ठगिदैं

विर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाका पुग्ने अधिकांश सेवाग्राही ठगिने गरेका छन् । प्रशासन कार्यालय अगाडि रहेका व्यवसायीले विभिन्न काममा आवश्यक भन्दाबढि शुल्क लिएको सेवाग्राहीहरुको गुनासो छ ।

प्रशासन कार्यालयमा सेवा लिन पुग्ने सेवाग्राहीबाट व्यवासीहरुले फोटो खिचाई, निवेदन लेखाई र एमआरपीको फारम भरेको चर्को शुल्क लिने गरेको बुझिएको छ । चैत १३ गते एमआरपीका लागि प्रशासन कार्यालय पुगेका विजय श्रेष्ठले व्यवसायीहरुबाट सेवाग्राही ठगिएको बताएका छन् । उनले आफु पनि चर्को शुल्य तिरेर सेवा लिनुपरेको बताएका छन् । उनले एउटा निवेदन लेखेको ३ सय र एमआरपीको फारम भरेको ४ सय रुपैयाँ तिरेका छन् । पारु फोटो स्टुडियोलाई उनले दुई कामका लागि ७ सय तिर्नुपरेको थियो ।

जिल्ला प्रशासन कार्यालय अगाडि नै सर्वसाधरण ठगिँदा सम्बन्धित निकाय मौन रहेको रहेको प्रतिक्रिया दिएका छन् । उनले व्यवसायीको मनपरी विरुद्ध प्रशासन कार्यालयको ध्यानाकर्षण हुनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : चैत्र १५, २०७७ आईतबार  २ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]