जेष्ठ ६, २०८१ आईतबार

प्रधानमन्त्री ओली र सभामुखबीचको भेटवार्ता सकारात्मक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाबीच संसद बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज विहान ११ बजेपछि करिब दुई घण्टा छलफल भएको हो ।

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्योपानेकाअनुसार सरकारको तर्फबाट तयार भएका विधेयक तथा संसद बैठकको प्रभावकारिता विषयमा छलफल भएको छ । सभामुख सापकोटाले प्रधानमन्त्रीसँग परामर्श गरी संसद बैठकलाई प्रभावकारी बनाउनेबारेमा पत्रकारलाई जानकारी गराउँदै आउनुभएको थियो । आफू दलका नेताहरुसँग पनि परामर्शमा रहेको उहाँले संसदीय मामिला पत्रकार समाजको कार्यक्रममा शनिबार प्रष्ट पार्नुभएको थियो ।

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच संसद विघटन र पुनस्र्थापनासम्म आइपुग्दा खासै राम्रो सम्बनध नरहेको सन्देश बाहिर गएकाबेला प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भएको छलफलले सम्बन्ध सुधारमा सहयोग पुगेको विश्वास उहाँको सचिवालयले गरेको छ ।

संसद पुनस्र्थापनापछि प्रधानमन्त्री ओलीसँग सभामुख सापकोटाले पहिलो पटक आज भेट्नुभएको हो । भेट सकारात्मक भएको प्रेस सल्लाहकार न्यौपानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : चैत्र १५, २०७७ आईतबार  ३ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]