चैत्र १६, २०८० शुक्रबार

विर्तामोडका शैक्षिक संस्थामा बुधबारदेखि नियमित पठनपाठन

विर्तामोड । झापाको विर्तामोड नगरपालिकाले बुधबारले देखि नियमित पठनपाठन सञ्चालन गर्न शैक्षिक संस्थालाई आग्रह गरेको छ । सरकारले प्रदुषणको समस्या देखाउदै चार दिनका लागि देशभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो । बैठकले विधालय सञ्चालन गर्न आग्रह गरेको हो ।

मंगलवार विर्तामोड नगर शिक्षा समितिको बैठकले नियमित विधालय सञ्चालन गर्न शैक्षिक संस्थालाई आव्हान गरेको छ । शिक्षा समितिका प्रमुख धु्रव कुमार शिवाकोटी, समितिका सदस्यहरु, शैक्षिक संघसंस्थाका प्रतिनिधि बिच भएको बैठकले बिधालय बन्द नगर्ने निर्णय गरेको हो । केन्द्र सरकारको निर्णयले मंगलवार केहि शैक्षिक संस्था मात्र खुलेका थिए ।

शिक्षा समिति सदस्य निता घतानीले कोभिड–१९ ले प्रभावित शैक्षिक क्षेत्र बन्द हुँदा थप क्षति हुने बताइन् । उनले परीक्षा र बाँकी कोर्ष सम्पन्न गर्नका लागि पनि शैक्षिक संस्था सञ्चालन गर्नुको विकल्प नरहेको बताइन् ।

प्रकाशित मिति : चैत्र १७, २०७७ मंगलबार  ७ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]