चैत्र १५, २०८० बिहीबार

थ्री नेशन्स कप जित्ने खेलाडी एन्फाबाट पुरस्कृत हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले थ्री नेशन्स कप जित्ने टोलीका प्रत्येक सदस्यलाई पुरस्कृत गर्ने भएको छ । टोलीका प्रत्येक सदस्यलाई एन्फाले एक एक लाख रुपियाँ पुरस्कार दिने जनाएको छ ।

एन्फाका प्रवक्ता किरण राईका अनुसार थ्री नेशन्स कपको उपाधि जित्दा नेपालले पुरस्कारबाट प्राप्त गरेको पाँच हजार अमेरिकी डलरबाट टोलीका सदस्यलाई वितरण गरिने बताउनुभएको छ । सोमबार बङ्गलादेशलाई २–१ ले हराउँदै नेपालले किर्गिस्तान सम्मिलित थ्री नेशन्स कपको उपाधि हात पारेको थियो । उपाधिको विजेता टोलीलाई ट्रफीका साथै पाँच हजार अमेरिकी डलर प्रदान गरिने एन्फाले जनाएको थियो । नेपाली टोलीले उपाधि जित्दा उक्त ट्रफी र पुरस्कार पाएको हो ।
टोलीका २३ जना खेलाडीमा पाँच हजार अमेरिकी डलर वितरण गरिने प्रवक्ता राईले बताउनुभयो । त्यसैगरी घरेलु मैदानमा ऐतिहासिक जित हात पारेकोमा प्रत्येक खेलाडीलाई प्रोत्साहनस्वरुप थप एक एक लाख प्रदान गरिनेछ ।

प्रकाशित मिति : चैत्र १८, २०७७ बुधबार  ८ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]