बैशाख २५, २०८१ मंगलबार

सरस्वतीमा फिल्टर सहितको खानेपानी

इटाभट्टा । झापाको मेचीनगरपालिका – ७ इँटाभट्टा नजिकै रहेको सरस्वती प्राथमिक विद्यालयमा रोटरी क्लव अफ बिर्तामोडले खाने पानीको सहज उपलब्धता गराएको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि शुद्ध पिउने पानीका लागि ‘ड्रिङ्किङ वाटर हेण्डवास प्रोजेक्ट’ अन्तरगत फिल्टर सहितको खाने पानीको धारा जडान गरिएको हो । रोटरी क्लव ३२९२ कि एसिस्टेन्ट गर्भनर सपना रिजालको प्रमुख आतिथ्यमा विद्यालयमा आयोजित कार्यक्रमकाबीच दुई लाख ५० हजार रुपैयाँको लागतमा फिल्टर सहितको धारा जडान गरिएको हो । सो कार्यमा एक्सल डेभलवमेन्ट बैंकले समेत एक लाख रुपैयाँ सहयोग गरेको बताइएको छ ।

रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर ७ का वडाअध्यक्ष चन्दन मेचे, एक्सल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेल, विद्यालयका सञ्चालक समिति अध्यक्ष हिरामोहन राजवंशी, प्रधानाध्यापक फूलमाया बुढाथोकी लगायतले बोल्नु भएको थियो ।

फिल्टर प्लान्टका विषयमा सुरेश वंसलले जानकारी गराएको कार्यक्रममा राजकुमार पोखरेलले स्वागत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन रोटरीयन सञ्जीव घिमिरेले गर्नुभएको थियो । सामाजिक कार्यक्रममा रोटरी क्लवले यस अघि वाह्रघरेमा रहेको एक विद्यालयमा आर ओ वाटर फिल्टर, बिर्तामोड नगरपालिका र इलाका प्रहरी कार्यालय अनारमनीमा डिस इन्फेक्टिभ स्प्रे मेसिन, विर्तामोडमा मास्क वितरण , मेची प्रादेशिक अस्पतालमा पीसीआर मेसिन, महेन्द्ररत्न माध्यमिक विद्यालयमा अपाङ्ग छात्रा मैत्री शौचालय बितरण गरिसकेको छ ।

प्रकाशित मिति : चैत्र १९, २०७७ बिहीबार  ७ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]