बैशाख १३, २०८१ बिहीबार

शुक्रवारदेखि झापामा हात्तीपाईले विरुद्धको औषधि खुवाउने

विर्तामोड । झापा जिल्लामा हात्ती पाइले विरुद्धको औषधि खुवाउनका लागि १२ सय जना स्वस्थ्यकर्मी परिचालन गरिने भएको छ ।

झापा जिल्लामा १० औं चरणको हात्तीपाइले रोग निवारण कार्यक्रमको तयारी बारे बुधवार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख इश्वरीप्रसाद पौडेलले आगामी चैत २० गतेदेखि चैत ३१ गतेसम्म झापाका १५ वटै पालिकामा औषधि खुवाउने कार्यक्रमको तयारी अन्तिम तयारीमा पुगिसकेको जानकारी दिए ।
यसका लागि ६ सय स्वास्थ्यकर्मी र ६ सय महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई अभियानमा लगाइने पौडेलले बताए । झापामा यस अभियानका क्रममा ९ लाख ३३ हजार, ७ सय ७८ जनालाई प्रत्यक्ष निगरानीमा औषधि खुवाइने कार्यक्रम रहेको समेत बताइएको छ ।

सार्वजनिक स्थान स्कुल, कलेज, कार्यालयहरु, इटाभट्टा उद्योग, आर्मी , प्रहरी क्याम्प, शहर बजारमा बस्ने मानिसहरुकोमा घरघरमै पुगेर औषधि खुवाइने कार्यक्रम रहेको फोकल पर्सन जीवन चम्लगाईले जानकारी दिए ।

झापा जिल्लामा यस अघि झापा गाउँपालिका र दमक क्षेत्रमा वढी हात्ती पाइलेका विरामीहरु देखिएकोले यस चरणको अभियानमा त्यस क्षेत्रमा प्रचार प्रसारमा विशेष ध्यान पुर्याएको चौलागाईले बताए । यसअघि झापामा १० औं पटकसम्म अभियान चल्दा औषधिबारे नकारात्मक टिप्पणी हुने गरेकोले धेरैले औषधि सेवन नगरेका कारण झापा लगायातका १२ जिल्लामा अझै पनि यस अभियान सफल हुन नसकेको बताउँदै औषधि सेवन बारे भ्रम चिर्न नागरिक समाज, पत्रकार र जनप्रतिनिधिहरु लागिपर्नुपर्ने बताइएको छ । अघिल्लो बर्ष गरिएको सर्वेक्षणमा जम्मा ५५४ जनामा हात्ती पाइलेको समस्या रहेको पाइएको कार्यक्रममा जानकारी दिइएको छ । विश्व स्वास्थ्य संगठनले सन २०२८ सम्ममा विश्वबाटै यस रोगको उल्मुलन गर्ने लक्ष्य राखेको जनस्वास्थ्य प्रमुख पौडेलले बताए ।

प्रकाशित मिति : चैत्र १९, २०७७ बिहीबार  ७ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]