बैशाख ७, २०८१ शुक्रबार

भूमिहीन सुकुम्बासीद्वारा अर्जुनधारा ३ को वडा कार्यालयमा तालावन्दी

विर्तामोड । अर्जुनधारा नगरपालिका वडा नं. ३ को कार्यालयमा सोमवार तालावन्दी गरिएको छ । वडाबासीले भूमिहीन सुकुम्बासीसँग चर्को कर लिएको भन्दै तालावन्दी गरेका हुन् । सुकुम्बासीसँग धेरै कर उठाइएकोले सोमबार तालावन्दी गरिएको स्थानीयले जानकारी दिए ।

भूमि सम्बन्धी समस्या समाधान आयोगले लालपुर्जाका लागि फारम भराउने र जग्गाको कर उठाउने काम वडा कार्यालय मार्फत गरिरहेको छ । स्थानीय भूमिहीन सुकुम्बासीसँग प्रति कठ्ठा ५ सयका दरले कर उठाउने क्रममा शुल्क बढि भएको भन्दै तालावन्दी गरिएको हो । वडाध्यक्ष जीवन भण्डारीले प्रति कठ्ठा ५ सय रुपैयाँ संकलन गर्दा त्यसको विरोध स्वरुप स्थानीयले तालावन्दी गरेको जानकारी दिए ।

नगरपालिकाले सर्वदलीय बैठकबाट नै प्रति कठ्ठा ५ सय रुपैयाँ निर्धारण गरेको थियो । सोहि अनुरुप अन्य वडाहरुले राजश्व उठाइसकेको छ । तर, ३ नं. वडामा त्यसैको विरोध भएको छ ।
तालावन्दी पछि आज ११ बजेलाई सर्वदलीय बैठक बोलाइएको छ । सो वडाले करिव १० लाख रुपैयाँ राजश्व उठाइसकेको वडाध्यक्ष भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : चैत्र २४, २०७७ मंगलबार  १० : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]