बैशाख ७, २०८१ शुक्रबार

आज देशभर एकसाथ पत्रकार महासंघको निर्वाचन

झापा । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आज देशभर एकसाथ निर्वाचन हुँदैछ । महासंघको नेतृत्व चुन्न देशैभर एक साथ प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचन हुन लागेको हो ।

केन्द्रीय, प्रदेश, जिल्ला र सम्बन्धित शाखाहरुको नेतृत्व चयनका लागि महासंघले एक साथ मतदानको व्यवस्था मिलाएको छ । देशभरका करिब एक सय मतदान केन्द्रबाट महासंघका १३ हजार सदस्यले मत दिने व्यवस्था मिलाइएको केन्द्रीय निर्वाचन समितिका संयोजक कपिल काफ्ले जानकारी दिएका छन् ।

महासंघको नेतृत्वमा पुग्न विभिन्न राजनीतिक दल निकट पत्रकारका संघठनहरुले प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । यस्तो प्यानल केन्द्रदेखि प्रदेश, जिल्ला हुँदै शाखाहरुसम्म बनेको छ ।

अध्यक्षदेखि सदस्यसम्म विभिन्न पदका लागि हुने निर्वाचनमा कतिपय जिल्लाहरुमा भने निर्विरोध घोषणा पनि गरिसकिएको छ । महासंघको केन्द्रीय समितिको ४९ पदाधिकारीका लागि मतदान हुनेछ भने प्रदेश र शाखाहरुले पनि आ–आफ्ना समिति निर्माणका लागि निर्वाचन गराउने छन् । निर्वाचनमा १३ हजार १२२ मतदाताले मताधिकार प्रयोग गर्न पाउने छन् ।

महासंघको नयाँ नेतृत्वका लागि विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित चुनावी मैदानमा रहँदा गजेन्द्र बुढाथोकी महासंघमा शुद्धीकरणको नारासहित चुनावी प्रतिष्पर्धामा छन् । उम्मेदवारहरुले श्रमजीवि पत्रकारको पेसागत सुरक्षा र पत्रकार महासंघको शुद्धीकरणलाई मुख्य मुद्दा बनाएका छन् ।

प्रकाशित मिति : चैत्र २५, २०७७ बुधबार  ७ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]