बैशाख ६, २०८१ बिहीबार

प्रदेश स्तरीय प्रथम भेट्रान कपको उपाधि दूधेको पोल्टामा

शिवसताक्षी । शिवसताक्षीमा जारी कर्णबहादुर नेम्वाङ्ग स्मृति प्रथम भेट्रान कपको उपाधि आयोजक दूधे भेट्रानले हात पारेको छ । एभरेष्ट भेट्रान मोरङ्ग क्लबलाई ६–२ गोल अन्तरले हराउँदै आयोजक दूधे भेट्रानले उपाधि हात पारेको हो ।

खेलको १७ औं मिनेटमा आयोजक दूधे भेट्रानका जर्सी नं. ५ का भुपेन लिम्बुले पहिलो गोल गरेका थिए । खेलको २४ औं मिनेटमा एभरेष्ट भेट्रान मोरङ्गका बद्री विष्टले गोल गरेपछि खेल बराबरीमा रह्यो । त्यसैगरी ३० औं मिनेटमा दूधे भेट्रानको जर्सी नं. ८ का नगेन्द्र मणी लिम्बुले गोल गर्दै खेललाई अग्रता दिलाए ।

खेलको सेकेण्ड हाफको ४ मिनेटमा दुधेका जर्सी नं. १० रमेश गुरुङ्गले गोल गरे । गुरुङ्गले लगातार ६ मिनेट, २७ मिनेट गोल गर्दै हेट्रिक गर्न सफल भए । त्यस्तै सेकेन्ड हाफको २२ औं मिनेटमा जर्सी नं. १५ का प्रेम सुब्बाले गोल गरे । एभरेष्टको तर्फबाट सेकेण्ड हाफको १६ मिनेटमा जर्सी नं. १२ का भुवन सिह राईले गोल गरेका थिए ।

खेलको मेन अफ दी म्याच दूधेका रमेश गुरुङ्ग घोषित भए । वेष्ट मिड फिल्डर आयाजकका भुपेन लिम्बु, वेष्ट डिफेन्डर विष्णु सुनुवार, बेष्ट गोल किम्पर मिन बस्नेत, हाइ स्कोरर रमेश गुरुङ्ग घोषित भए । त्यस्तै वेष्ट कोच दूधे भेट्रानका प्रकाश लिम्बु र मेन अफ दी टुनामेन्ट एभरेष्ट भेट्रानका प्रेम बहादुर घिमिरे घोषित भए । उनीहरुले नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गरेको दुधे भेट्रानका अध्यक्ष सन्तोष नेम्वाङ्गले जानकारी दिए ।

विजेता टिम दूधे भेट्रानले नगद रु ५५ हजार सहित ट्रफी तथा प्रमाण पत्र प्राप्त गरेको थियो । त्यस्तै उपविजता एभरेष्ट भेट्रान क्लब मोरङ्गले ३१ हजार नगद सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्यो । आयोजकले खेलको समापन कार्यक्रमा प्रतियोगितामा सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको थियो । अतिथि तथा प्रमुख अतिथिहरुलाई मायाको चिनो प्रदान गरेको दुधे भेट्रान क्लबका सचिव विनोद खरेलले जानकारी दिए ।

प्रतियोगिता आयोजकका ए र वी गरी प्रदेश नं. एकका १० टिमले सहभागीता जनाएका थिए । प्रतियोगिता निर्माणधिन नगरस्तरीय दूधे रंगशालामा सञ्चालन भएको थियो ।

प्रकाशित मिति : चैत्र २८, २०७७ शनिबार  ८ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]