जेष्ठ ८, २०८१ मंगलबार

कानुनमा महिला अधिकार सम्बन्धी अभिमुखीकरण

भद्रपुर । भद्रपुर नगरपालिकाले न्यायिक समितिका प्रतिनिधि र जनप्रतिनिधिहरुका लागि कानुनमा भएका महिलाका अधिकार सम्बन्धी एकदिने अभिमुखीकरण बुधबार सम्पन्न गरेको छ ।


नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा नेपाल रेडक्रस सोसाइटी झापाको सभाहलमा सम्पन्न अभिमुखीकरणमा लैंगिक हिंसा न्यूनीकरणमा न्यायिक समितिको भूमिकालगायतका विषयमा कानुन व्यवसायी अधिवक्ता कविता शर्मा र वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले प्रशिक्षण दिएका थिए ।


नगर उपप्रमुख तथा नगरपालिकाको न्यायिक समितिकी संयोजक चन्द्रा श्रेष्ठको अध्यक्षतामा सम्पन्न अभिमुखीकरणमा न्यायिक समितिमा परेका उजुरीहरुउपर न्याय सम्पादनका क्रममा देखिएका समस्याहरुका बारे समितिका प्रतिनिधिहरुले आफ्ना अनुभव सुनाएका थिए ।


निकाश पाण्डेले सञ्चालन र महिला तथा बालबालिका शाखा प्रमुख जीवनकला राउतले स्वागत गरेको अभिमुखीकरणमा प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ, वडा नं ७ का वडाध्यक्ष विनोदप्रसाद पोखरेललगायतले धारणा राखेका थिए ।

प्रकाशित मिति : असार २६, २०७६ बिहीबार  ८ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]