बैशाख १२, २०८१ बुधबार

इजलास खरो उत्रनु सबैका लागि चुनौती

गणेश पोखरेल

पछिल्लो समय पत्रिका निकाल्नु फलामका च्युरा चपाउनु जस्तै हो । अझ कोरोेना भाइरस संक्रमण त्रास बढेपछि त पत्रिका पढ्ने आदतमा पनि परिवर्तन आएको छ । पत्रिकाको मात्र होइन, सबै मिडियाको बजार तहसनहस भएको छ । पत्रिका नल्याउनु पत्रिकाबाट कोरोना भाइरसको संक्रमण सर्न सक्छ भनेर रोकिएको पत्रिका वितरण पहिलेको अवस्थामा ल्याइपुर्याउन सकिन्छ कि सकिँदैन थाहा छैन । ‘मै हुँ’ भन्ने मिडिया नचल्ने अवस्थामा पुगेका छन् ।

यस्तो परिवेशमा मित्र प्रदिप परियारको सम्पादन र व्यवस्थापनमा चलिरहेको इजलास दैनिकको वार्षिक उत्सव आएको छ । प्रदिपजीले शुभकामनाका केही शब्द लेखिदिनु न भनेको पनि केही दिन नै भयो । तर, मैले शुभकामना लेख्न सकिरहेको छैन । २०७८ बैशाख १ गते विहान नै पत्रिका निस्कने भएकाले २०७७ चैत ३१ गते बेलुका केही नलेख्नुको विकल्प पनि मसँग छैन ।

के लेखौं ? कहाँबाट सुरु गरौं । हाम्रो समाजमा विरोधि कमाउन गलत गर्नु पर्दैन, केवल आफ्नो राम्रो गरे पुग्छ । हो, अहिले इजलास दैनिक र मित्र प्रदिपजीको अवस्था पनि त्यस्तै त्यस्तै छ । धेरैले पत्रिकालाई निरन्तरता दिन सकिरहेका छैनन्, इजलास निरन्तर छ । विरोध गर्नका लागि यो नै काफी छ । अझ सम्पादक प्रदिप परियारको हक्की स्वभाव, खरो लेखाई विरोधी कमाउन काफी छ । हुन त विरोध त्यसको हुन्छ, जसले केही गर्न सक्छ, निरिहहरुले त केवल दया पाउने हो । इजलास दैनिकले विरोधी कमाउन सफल बनोस्, दयाको पात्र बन्नु नपरोस् भन्ने नै लागेको छ ।

झापामा पत्रकारिता केही ‘सफेद अनुहार’को ‘ब्ल्याकमेलिङ’ तिर गइरहेको अवस्थामा इजलास दैनिक खरो उत्रनु सबैका लागि चुनौती हो, त्यसैले पनि इजलास दैनिक नागरिकका पक्षमा निरन्तर निस्कनुको विकल्प छैन । इजलास दैनिक वा कुनै पत्रिका निकाल्नु ठुलो कुरा होइन, यो प्रतिकुलतामा पनि निरन्तरता दिनु महत्वपूर्ण हो । अध्यक्ष नारायण पोखरेल लगायत सबै सञ्चालकको साथ र प्रदिपजी लगायत सम्वद्ध सबैको तपस्या नै अहिलेको इजलास दैनिक हो । इजलास दैनिक नागरिकका लागि ‘गाईले राढी खाने’ इजलास होइन, नागरिकको इजलास बनेको छ । र, बनिरहोस् । प्रदिपजीको उमेर २९ वर्ष र इजलास दैनिकको उमेर ५ वर्ष हुँदैछ, दुबैको उमेर सँगसँगै बढिरहोस्, अभ्यन्तरिक शुभकामना ।

प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार  ७ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]