जेष्ठ ६, २०८१ आईतबार

कनकाई वनमा पराजित भएपछि धाँदलीको आरोप

सुरुङ्गा । कनकाई सामुदायिक वन समुह सुरुङ्गाको हालै सम्पन्न निर्वाचनमा पराजित भएको समूहले मतगणनामा धाँदली भएको आरोप लगाएको छ । निर्वाचन आयोगका संयोजक टिकाकुमार पोखरलेले धाधली गरेको पराजित मोर्चामा आवद्ध चार दलको आरोप छ ।

चुनावी मोर्चामा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राप्रपा नेपालले पत्रकार सम्मेलनको आयोजना गर्दै ३० गते राती भएको मतगणनामा निर्वाचन संयोजक पोखरेलले एउटा एक सय मतपत्रको गनेको पोकोलाई पुनः गनेको र एउटा पोको भने गन्दै नगनेको पराजित अध्यक्षका उम्मेद्धार सन्तोस रायमाझीले बताए ।

पराजित समूहले आरोप लगाएपछि निर्वाचन संयोजक पोखरेलले चित्त नबुझे कानुनी प्रक्रियामा जान सुझाव दिइसकेका छन् । निर्वाचन समितिले आधिकारिक रुपमा परिणाम घोषणा गरिसकेको जनाएको छ ।

गत चैत्र ३० गते भएको निर्वाचनमा अध्यक्षमा ख्याम ओलीले अर्का उम्मेद्धार सन्तोस रायमाझीलाई १७ मत अन्तरले पराजित गरेका थिए । केपी ओली पक्षधर भएको भन्दै वनको र्विाचनमा उनीहरु विरुद्ध घेरावन्दी गरिएको थियो । डबल मत गणना भएको हो भने खसेको मतसँग अन्तर पर्छ, एक सदस्य भन्छन् – पराजित समूहले उठाएको मुद्दा आफैमा कमजोर र भ्रमपूर्ण छ ।

प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार  ८ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]