बैशाख २४, २०८१ सोमबार

बिर्तामोड युनाइटेड क्लबलाई उपाधि

बिर्तामोड । आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई हराउँदै पाहुना टोली बिर्तामोड युनाइटेड क्लबले झापाको बुट्टाबारीमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि उचालेको छ ।

बिहीबार बुट्टाबारीमा सम्पन्न फाइनल खेलमा बिर्तामोडले बुट्टबारीबिरुद्ध ४–२ को जित निकाल्दै उपाधि आफ्नो पोल्टामा पारेको हो ।

पहिलो हाफ १–१ को बराबरीमा सकिए पनि दोस्रो हाफमा बिर्तामोडले थप दुई गोल गर्दै जित निश्चित गरेको थियो । खेलको १९ औँ मिनेटमा बिर्तामोडमा सूर्य टुडुले गोल गर्दै अग्रता दिलाए पनि ३१ औँ मिनेटमा बुट्टाबारीमा बबिन बोहोराले गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए ।

खेलको ४८ औँ मिनेटमा बिर्तामोडका आशिष चापागाईंले गोल गर्दै नतिजा २–१ मा पुर्याए । बुट्टाबारी खेलमा फर्कने कोसिस गरे पनि उपाधि रक्षा गर्न भने सकेन । ५४ औँ मिनेटमा बिर्तामोडका प्रशान्त लक्समले आफ्नो टिमका लागि तेस्रो गोल गरे ।

बुट्टाबारीका बबिनले ७४ औँ मिनेटमा टिमका लागि तथा व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा फर्कने प्रयास गरेका थिए । तर, त्यसको ४ मिनेटपछि बिर्तामोडका विक्रम तामाङले गोल गर्दै नतिजा ४–२ बनाएका थिए । फाइनल खेलको म्यान अफ दि म्याच बिर्तामोडका घोषित भए । उनले नगद २ हजार पाए ।

उपाधिसँगै बिर्तामोडले नगद ५५ हजार, मेडल र ट्रफी पाएको छ । उपविजेतामा सीमित आयोजक बुट्टाबारीले नगद ३३ हजार, मेडल र ट्रफी प्राप्त गरेको छ ।

प्रतियोगिताको बेस्ट गोल किप्पर बिर्तामोडका अभिषेक रिजाल, बेस्ड डिफेन्स बिर्तामोडकै विशाल बस्नेत, बेस्ड मिल्ड फिल्ड प्रशान्त लक्सम, उत्कृष्ट फर्वाड बुट्टाबारीका बबिन बोहोरा भए । प्रतियोगिताका राइजिङ खेलाडी बुट्टाबारीका विजय राई घोषित हुँदा प्रतियोगिताकै उत्कृष्ट खेलाडी बुट्टाबारीकै विप्लव मैनाली भए ।

बिर्तामोडले नगरपालिका वडा नम्बर ६ र हरियाली सामुदायिक वन उपभोक्ता समूहको सहयोग तथा बुट्टाबारी युनाइटेड क्लबको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका आठवटा टिमले भाग लिएको अध्यक्ष हिमाल कन्दङवाले बताए ।

प्रकाशित मिति : बैशाख २, २०७८ बिहीबार  ७ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]