बैशाख २५, २०८१ मंगलबार

विराट गोल्डकप : पंजाव पुलिस फाइनलमा

विराटनगर – संकटा क्लबलाई हराउँदै विराटनगरमा जारी छैठो संस्करणको विराट गोल्डकपको फाइनलमा भारतको पंजाव पुलिस क्बल प्रवेश गरेको छ ।
विराटनगरको सहिद मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा विराट गोल्डकपको पूर्व विजेता पनि रहेको संकटालाई १–० गोलले निराश बनाउँदै पंजाव फाइनलमा पुगेको हो ।
पंजावले जितसँगै छैठौं संस्करणको विराट गोल्डकपको उपाधिको लागि शनिबार बिभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौंसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

पहिलो पटक गोल्डकपमा भाग लिएको पाहुना टोली पंजावले खेलको ७५ औं मिनेटमा परमजीत सिंहले निर्णायक गोल गर्दै टिमलाई फाइनलमा पु¥याएको हो । हरजीन्द्र सिंहले निकालिदिएको क्रस पासलाई परमजीतले पेलान्टि एरिया नजिकदेखि गरेको प्रहार गोलमा परिणत भयो ।

दुवै टिम आक्रमक देखिएपछि पहिलो हाफसम्म दुवै टिमको गोल रहित बराबारी खेले । खेलको ७ औं मिनेटमा संकटाका तिर्थ बस्नेतलले बललाई एक्दै अगाडी बढाएर पेलान्टी एरिया नजिकदेखि गरेको प्रहार बाहिरदा गोल गर्ने अवसर खेर गयो । खेलको १० औं मिनेटमा पंजावका हरेसदेव सिंहले बल टच नगरि प्रहार गर्दा गोल पोस माथिबाट बाहिरयो । २०७० को विराट गोल्कडपको बिजेता संकटाले यसपटक पनि उपाधि दाबेदारी पेश गर्ने टोलीमध्ये एक थियो । तर पंजाव उसको सपनाको बाधक बन्यो । सुरुदेखि नै दुवै टिम आक्रम देखि पनि रक्षापंत्तिको कमजोरीमा संकटा पछि प¥यो । खेलको १५ औं मिनेटमा गणेश हमालले निकालिएको पासलाई विदेशी खेलाडी ओडेजले डिबक्स भित्रदेखि गरेको हेड पंजावका गोलरक्षक सतवीर सिंहले उत्कृष्ट बचाउ गरिदिए ।

१७ औं मिनेटमा फेरी संकटाका तिर्थ बस्नेतले ३० यार्डदेखि गरेको प्रहार बाहिरयो । खेलको ३० औं मिनेटमा पंजावका राजविर सिंहको वान भर्सेस वानको प्रहार संकटाको गोल रक्षक राजाबावा थापाले उत्कृष्ट बचाउँदा पहिलो हाफमा गोल गर्ने अवसर खेर गयो । पहिलो हाफममा संकटाका खेलाडीले आधा दर्जन उत्कृष्ट प्रहार गोलमा परिणत हुन नसक्दा सेमिफाइनलदेखि बाहिरनुप¥यो ।

यसअघि संकटाले आरा रारा गोल्डकपमा क्यामरुनलाई सेमिफाइनलमा ४–२ गोलले हराउँदै उपाधि जितेको थियो । यो सँगै संकटाले दोस्रो पटक विराट गोल्डकपको उपाधि जित्ने सपना चकनाचुर भयो । दोस्रोे हाफपछि संकटाले खेल बराबरीमा ल्यान आक्रामक खेल खेलेपनि सफल हुन सकेन । खेलको ६६, ७३ र ८९ औं मिनेटमा पनि संकटाले गोल गर्ने अवसर पाएकोमा सदुपयोग गर्न नसक्दा सेमिफाइनलदेखि बाहिर बाध्य भयो । खेलको म्यान अफ द म्याच पंजावको निर्णायक गोल गर्ने परमजित सिंह घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

झगडा गरेपछि दुई खेलाडीलाई रेड काड
खेल सकिएपछि संकटा र पंजावका खेलाडीबिच झगडा भएपछि दुई जना खेलाडीले रेड कार्ड पाएका छन् । पंजावका कप्तान जगदीप सिंह र संकटाका सहिद स्माटले रेड काड पाएका हुन् । रेफ्री श्याम दनुवारले खेल सकिएको घोषण गरेसँगै संकटा र पंजावका खेलाडी बिच झगडा भएको थियो । झगडा गर्ने मध्येका दुई जना खेलाडीलाई रेप्री दनुवारले रेड कार्ड दिएका छन् । रेड कार्ड पाएसँगै पंजावका कप्तान जगदीपले फाइलनमा खेल्न नपाउने भएका छन् ।

प्रकाशित मिति : बैशाख ३, २०७८ शुक्रबार  ९ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]