जेष्ठ २, २०८१ बुधबार

शहरका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

काठमाडौं- शहरी क्षेत्रका विद्यालय आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरिएको छ । कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबार सिंहदरबारमा बसेको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने बैठकले निर्णय गरेको छ । सरकारले कोरोनासम्बन्धी नयाँ स्वास्थ्य मापदण्ड पनि जारी गर्ने भएको छ ।

बैठकमा नयाँ मापदण्डबारे प्रस्ताव आएको र त्यसलाई अन्तिम रुप दिएर मन्त्रिपरिषद्ले स्वीकृत गर्ने परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिनुभयो ।

पछिल्लो समय देशभर कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि पुनः कडाइ गरिनुपर्ने आवाज उठ्दै आएको छ भने विद्यालयहरुमा विद्यार्थी धमाधम संक्रमित भएपछि स्वास्थ्य मन्त्रालयले नै बन्द गरिनुपर्ने बताउँदै आएको छ ।

प्रकाशित मिति : बैशाख ४, २०७८ शनिबार  ५ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]