जेष्ठ ६, २०८१ आईतबार

विर्तामोडका ४ सहित ३९ जनामा कोरोना पुष्टि

विर्तामोड । प्रदेश १ माआज ३९ जनाकोरोना संक्रमितथपिएका छन् । मोरंगमा १८, सुनसरीमा ११, झापामा ८, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।
मोरंगको विराटनगरमा १६, रतुवामाई र पथरीशनिश्चरेमा १–१, सुनसरीको धरानमा ५, इटहरीमा ४ र रामधुुनीमा २, झापाको विर्तामोडमा ४, भद्रपुरमा २, गौरादह र अर्जुनधारामा १–१, इलामको सुर्योदय र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ माकोरोना संक्रमितको संख्या ३० हजार ६०४ पुगेको छ । संक्रमितमध्ये २९ हजार ८८७जना संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमितको संख्या २४५ पुगेको छ ।

प्रदेश १ माआज २४३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १६ महिला र २३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ३४ हजार ६९८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : बैशाख ४, २०७८ शनिबार  ५ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]