जेष्ठ ६, २०८१ आईतबार

झापामा आइतवारदेखि इन्धन सहज हुने

विर्तामोड । झापामा देखिएको पेट्रोलिय पदार्थको समस्या आइतवारदेखि सहज हुने भएको छ । शुक्रवारदेखि झापामा पेट्रोलियम पदार्थको अभाव भइरहेको थियो ।

पश्चिम बंगालको निर्वाचनका कारण नाका बन्द भएपछि तेल आयातमा समस्या भएको नेपाल आयल निगम लिमिटेड शाखा कार्यालय चारआलीका प्रमुख मनिष नेउपानेले जानकारी दिए । उनले नाका बन्द र डिजिटल विलिङका कारण तेल आपुर्ति नहुँदा अभाव भएको बताए । शुक्रवार ठिकठिकै थियो, नेपाउनेले भने – ‘शनिवार अभाव नै भयो । आइतवार विहानदेखि सहज हुन्छ ।’

उनका अनुसार विराटनगरबाट समेत तेल आयात गरेर वितरण गरिएको छ । आइतवार नाका खुलेपछि ५५ वटा ट्याङ्कर तेल लिन भारत जाने नेउपानेले जानकारी दिए । उनले उपभोक्तालाई नआत्तिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : बैशाख ४, २०७८ शनिबार  ८ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]