जेष्ठ ६, २०८१ आईतबार

विराट गोल्डकपको उपाधि एपीएफलाई

विर्तामोड । विराट गोल्डकपको उपाधि विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौंले जितेको छ । खेलको ११ औं मिनेटमा प्रदीप लामाले गरेको गोल नै निर्णायक भएको छ । जीतसँगै एपीएफले नगर १५ लाख १५ हजार हात पारेको छ ।

एपीएफले फाइनलमा भारतको पंजाव पुलिस विरुद्ध खेलेको थियो । पंजाव पुलिस उपविजेता बनेको छ । पंजावले ७ लाख ५१ हजार रुपैयाँ नगद हात पारेको छ । विराटनगरमा आयोजित छैठौं संस्करणको विराट गोल्डकप फुटबल सहिद रंगशालामा भर्खरै सकिएको छ । गोल्डकपका सबै खेल रात्रीकालिन भएको थियो ।

प्रकाशित मिति : बैशाख ४, २०७८ शनिबार  ९ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]