जेष्ठ ६, २०८१ आईतबार

झापामा ५१ हजार भूमिहीनको लगत संकलन

विर्तामोड । भूमि सम्बन्धी समस्या समाधान आयोगले झापामा ५१ हजार परिवारको लगत संकलन पुरा भएको जनाएको छ । आयोगका अध्यक्ष पे्रम गिरीले १० हजार भन्दा बढि भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको समेत पहिचान भइसकेको जानकारी दिए ।

आयोगले जिम्मेवारी पाएको डेढ महिनामा झापाका १५ वटै पालिकासँग सम्झौता गरिसकेको छ । सम्झौता पछि स्थानीय तह र आयोगले आआफ्नो कामलाई दु्रत गतिमा अघि बढाएका छन् । अहिले ऐलानी जग्गामा को–को नागरिक बस्दैछन्, आयोग त्यसको पहिचान गरिहरेको छ , गिरीले भने – ‘फागुन देखि चैतसम्मको महिनालाई हामीले पहिचान र बैशाखदेखि असारसम्मको महिनालाई नापजाँचको रुपमा योजना बनाएर काम गर्दैछौं । ’ उनका अनुसार साउन अन्तिम सम्ममा भोगका प्रमाणिकरण सक्ने तयारी छ ।

स्थानीय तहले भोगको प्रमाणिकरण गरेपछि आयोगले लालपुर्जा वितरण गर्ने अध्यक्ष गिरीको भनाई छ । झापामा नयाँ प्रक्रियाबाट भदौबाट लालपुर्जा वितरण गरिने छ । विगतका अधँुरा काम पुरा गरेर भने जेठबाटै लालपुर्जा उपलब्ध गराइने आयोगले जनाएको छ । जिल्लामा १२ वटा पालिका लगत संकलनमा लागिसकेको छ । बाँकी डेढ महिनाभित्र झापाको सूचना संकलन गरिसक्ने आयोगको लक्ष्य छ ।

सरकारले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास नागरिकलाई लालपुर्जा दिनेछ ।

प्रकाशित मिति : बैशाख ६, २०७८ सोमबार  १० : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]