जेष्ठ ६, २०८१ आईतबार

बिर्तामोडका विधालयमा बैशाख २० देखि परीक्षा

झापा । झापाको बिर्तामोड नगरपालिकाले कोभिड संक्रमणको जोखिमलाई ध्यान दिदैं बैशाख १९ गतेसम्मलाई अध्ययन विदा दिने निर्णय गरेको छ । नगरपालिकाले बैशाख १९ सम्म नगर क्षेत्रभित्रका शैक्षिक संस्था, तालिम केन्द्र र ट्युसन सेन्टर समेत बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आम नागरिकलाई अपील गरेको छ । यस्तै, साप्ताहिक हाट बजार बन्द गरिएको घोषणा गरिएको छ । विर्तामोड क्षेत्रमा स्वास्थ्य मापदण्ड पालना गरे, नगरेको कडा निगरानी गरिने बताइएको छ । नगरपालिकाले आयोजना गरेको बैठक अघि शिक्षा शाखाले शैक्षिक संस्थाहरुसँग परामर्श गरेको थियो । नगर र शैक्षिक संस्थाबिचको परामर्शमा १९ गतेसम्म विधालयहरु बन्द गर्ने निर्णय भएको हो ।

बैठकले वैशाख २० गतेदेखि पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्दै पूर्व निर्धारित वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बिर्तामोड नगर शिक्षा प्रमुख तिलचन भण्डारीले बताए । उनले विद्यार्थीको भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन हुने जानकारी दिए । नगर प्रमुख धु्रव कुमार शिवाकोटीले नगरवासीलाई कोभिडबाट सुरक्षित रहन आग्रह गरेका छन् । उनले सबैलाई स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न अपील गरेका हुन् ।

प्रकाशित मिति : बैशाख ७, २०७८ मंगलबार  ८ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]