झापामा बाढिले एक जना वेपत्ता, खोजी तिब्र

बिर्तामोड । आज झापामा खोला तर्ने क्रममा एक जना वेपक्ता भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार मेचीनगर – १४ मजदुर बस्ति बस्ने ४५ बर्षीय सुफल हस्दा सतार वेपत्ता भएका हुन् । भद्रपुर नगरपालिका– ९ प्रणामीनगर स्थित हडिया खोलामा खोला तर्ने क्रममा सतारलाई वर्षासँगै आएको बाढिले बगाई बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
वेपत्ताको सूचना पाउन साथ स्थानीयले प्रहरी चौकीलाई जानकारी गराएका थिए । चारआलीमा जानकारी गराउन साथ प्रहरी टोली र स्थानीयबासीद्धारा खोजि कार्य भई रहेको प्रहरीको भनाई छ ।