जेष्ठ ७, २०८२ मंगलबार

झापामा सबैभन्दा धेरै संक्रमित विर्तामोडमा, ६० वर्षीया महिलाको मृत्यू

विर्तामोड । झापामा आज १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार ८ महिलासहित १८ जनाका संक्रमण पुष्टि भएको हो ।

एक जना ६० वर्षीया महिलाको मृत्यू भएको छ । कमल ५ कि महिलाको विएण्डसी अस्पतालमा मृत्यू भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

झापाको मेचीनगरमा ४, विर्तामोडमा ५, भद्रपुर १, अर्जुनधारा ३, गौरीगञ्ज १ र झापा गाउँपालिकामा ४ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै झापामा मृत्यू हुनेका संख्या १३१ जना पुगेको छ भने संक्रमितको संख्या ४८८१ पुगेको छ ।

प्रकाशित मिति : बैशाख १२, २०७८ आईतबार  ६ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]