बैशाख २६, २०८१ बुधबार

विधालयको अनुगमन गरियोस्

सम्पादकीय
देशभर कोरोनाका कारण पठनपाठन बन्द गरिएका छन् । विधालय क्षेत्र उच्च जोखिममा रहेका कारण स्थानीय तहहरुले भौतिक उपस्थिती सहितको सिकाई तत्कालका लागि बन्द गरेका छन् । तर, झापाको विर्तामोडमा नगरपालिकाले बैशाख १९ सम्मका लागि पठनपाठन बन्द गरे पनि केहि विधालयहरुले पठनपाठन सञ्चालन गरिरहेका छन् । विधालर्थीलाई सुटुक्क विधालय बोलाएर पठनपाठन सञ्चालन गरे पछि अभिभावक चिन्तिक बनेका छन् । उनीहरुले विधालयको मनोमानी भइरहेको गुनासो गरिरहेका छन् ।

पठनपाठन गर्ने विधालयलाई तत्काल कारवाहीको दायरामा ल्याउनु पर्ने अभिभावकको माग छ । स्थानीय तहको निर्देशनलाई उल्लंघन गरेर विधालयले के गर्न खोजेका हुन् ? विर्तामोडको बुद्धस्मृति बोर्डिङ स्कुलले पठनपाठन गरिरहेको अभिभावकले गुनासो गरे । कोरोना महामारीको चरम जोखिम रहेका बेला विधालयले अहिले नै पठनपाठन गर्नुपर्ने बाध्यता केहि छैन । विर्तामोड नगरपालिकामा अन्य विधालय पनि भित्रि रुपमा सञ्चालन भइरहेको गुनासो पुगेपछि नगरले बन्द गराएको छ ।

कोरोनाले भारतमा हायलकायल बनाइरहेको छ । त्यहि राष्ट्रको प्रभावले यहाँ पनि कोरोना संक्रमण दर बढिरहेको छ । विधालयहरुमा जोखिम हुन्छ भनेर बन्द गर्दागर्दै अटेरी गरेर पठनपाठन सञ्चालन गरिहरेको पाइएको छ । विधालयहरुले अटेरी गरेर पठनपाठन गर्दा कुनै दुर्घटना भए त्यसको जिम्मेवारी स्वयम् विधालयले लिनुपर्छ । जब जीवन नै रहेन भने शिक्षा लिनुको पनि अर्थ रहँदैन । त्यसैले पहिले जीवन जोगाउनुपर्छ । विधालयहरु , त्यसमा पनि निजी बिधालयहरुले शुल्क उठाउने निउँमा पठनपाठन गरेको पाइन्छ । यस तर्फ स्थानीय तह , प्रहरी प्रशासनको ध्यान जान जरुरी छ ।

प्रकाशित मिति : बैशाख १४, २०७८ मंगलबार  ७ : २२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]