बैशाख १४, २०८१ शुक्रबार

दुरुत्साहनका कारण आत्महत्या

प्रदीप परियार

विर्तामोड । झापा प्रहरीले गाउँले होटल बिर्तामोडका सञ्चालक तिलक निरौलाको घटनाबारे सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

अनुसन्धान प्रतिवेदनमा घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका दुई जनाले आत्महत्या दुरुत्साहन गरेको खुलाइएको छ । घटना भएको २४ औं दिनमा प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउँदै हालसम्मको अनुसन्धानमा अपहरणपछि हत्या नभएको उल्लेख गरेको छ ।
गत चैत २२ गते मेचीनगर –१२ चारआली स्थित प्रगति सामुदायिक वनमा निरौला मृत अवस्थामा फेला परेका थिए । निरौलाको परिवारले अपहरणपछि हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएको थियो । परिवारको उजुरी अपहरण पछि हत्या भनिए पनि अनुसन्धानमा त्यस्तो नदेखिएको प्रहरीको भनाई छ । निरौला २० गते दिउँसो घरबाट हिडेका थिए । उनले बोकेको मोवाइल सोहि दिन ४ बजेर ४७ मिनेटमा अफ भएको प्रहरीले जानकारी दिए ।

प्रहरीले निरौला मृत भेटिएको ठाउँमा किटनासक औषधिको वोतल र दुई पेजमा लेखिएको चिट भेट्टाएको थियो । चिटमा १२ जनाभन्दा बढि व्यक्तिको नाम लेखिएको छ । चिटमा नाम उल्लेख गरिएका व्यक्तिका कारण यो अवस्था आएको भन्दै लेखिएको प्रहरीको भनाई । जहाँ आर्थिक कारोवार र व्यवहारिक कुराहरु समेत लेखिएको छ ।

घटना लगत्तै प्रहरीले अनुसन्धानका लागि हटौडा उपमहानगर –५ घर भई झापा अर्जुनधारा –५ बस्दै आएका नारायण खड्का र सिन्दुपाल्चोक घर भई अर्जुनधारा –५ बस्दै आएका भरत दंगाललाई पक्राउ गरेको थियो । उनीहरु निरौलाका व्यापारीक पार्टनर हुन् ।

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार निरौलाको शव भेटिएको ठाउँमा किटनासक औषधिको बोतल र लिखत भेटिएपछि भिसेरा र फरेन्सिक जाँच गरिएको थियो । अनुसन्धानमा खटिएका प्रहरीले भने, ‘निरौलाको भिसेरा परिक्षण गर्दा उनको शव नजिकै भेटिएको किटनासक औषधि मेल खाएको र फरेन्सिक जाँचमा भेटिएको लिखत निरौलाकै भएको नतिजा आएको छ ।’ लिखत निरौला कै हुनु र लेखिएका विषयहरु पक्राउ परेका व्यक्तिसँग मेल खाएका कारण उनीहरुले आत्महत्या दुरुत्साहन गरेको प्रहरीको भनाई छ ।

हालसम्मको अनुसन्धानमा हत्या गरेको देखिदैंन, प्रहरी भन्छन् – अहिलेसम्मको अनुसन्धानमा दुरुत्साहन मात्रै देखियो । बाँकी अनुन्धानमा खुल्ने तथ्यका आधारमा अभियोग समेत परिवर्त गर्न सकिन्छ । थप अनुसन्धानका क्रममा हत्या देखिए कर्तव्य ज्यान मै मुद्दा लाग्ने प्रहरीको भनाई छ ।

प्रहरीले निरौला घरबाट हिडेको दिन चारआली चोकबाट मोटरसाइकलमा पश्चिम तर्फ लागेको सीसी क्यामेरामा देखिएको थियो । उनको मृत्यू भएको २४ दिनपछि दोषीलाई कारवाहीको माग गर्दै मंगलवार विर्तामोडमा प्रर्दशन गरिएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिसँग मिलेर निरौलाले गौरादह र शनिश्चरेमा जग्गा खरिद गरेका थिए । दुवै ठाउँको जग्गामा मुद्धा परेको थियो ।

प्रकाशित मिति : बैशाख १५, २०७८ बुधबार  ६ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]